sangrila bank

क्षेत्रीय भलिबल ः पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

बैतडी, २८ मङ्सिर । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ ।

अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो ।

कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र २५–१५ अङ्कले पराजित गरेको भलिबल रेफ्री धनसिंह रावलले जानकारी दिनुभयो । उक्त प्रतिष्पर्धामा अछाम दोस्रो तथा कैलाली तेस्रो भयो । कञ्चनपुर पुरुषतर्फ विसं २०५० सालदेखि भलिबलको क्षेत्रीय प्रतियोगितामा लगातार प्रथम हुँदै आएको छ । यही मङ्सिर २४ गतेबाट सुरु भएको सो प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाको सहभागिता रहेको थियो ।

यस्तै बाजुराको मार्तडी मालिका उच्च माविमा सम्पन्न क्षेत्रीय महिला भलिबल प्रतियोगितामा दार्चुला प्रथम, कञ्चनपुर दोस्रो र बाजुरा तेस्रो भयो । कञ्चनपुरलाई हराउँदै दार्चुला पहिलो भएको हो । विसं २०५० देखि प्रथम हँुदै आएको कञ्चनपुर महिलातर्फ यस वर्ष मात्र दोस्रो भएको हो ।

प्रतियोगितामा पहिलो, दोसो र तेस्रो हुने टिमलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । “चाँडै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि क्षेत्रीय खेलकुद विकास समितिले खेलाडी छनोट गर्नेछ,” रेफ्री रावलले भन्नुभयो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खप्तड गोल्डकप फाइनल समिकरण पुरा मनाङ सङ्कटासंग खेल्ने

Thursday, 12 January 2017

धनगढी, २८ पुस ।मनाङ मस्र्याङ्दी क्लब जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन ...

फिफा वरियतामा नेपालको छ स्थान सुधार

Thursday, 12 January 2017

काठमाडौँ, २८ पुस । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको ...

खप्तड गोल्डकप ,सङ्कटा सेमिफाइनलमा

Wednesday, 11 January 2017

धनगढी, २७ पुस । सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई ...

पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

Monday, 9 January 2017

पोखरा, २५ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! ...

सिर्जना आमन्त्रण महिला तथा पुरुष भलिबल हुने

Sunday, 8 January 2017

पोखरा, २४ पुस । नेपालको ग्रामीण क्षेत्रमा सबैभन्दा लोकप्रिय खेलका रुपमा परिचित भलिबल खेललाई व्यावसायिकता प्रदान गर्ने उद्देश्यकासाथ पोखरामा राष्ट्रियस्तरको ...

सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

Friday, 30 December 2016

इटहरी, १५ पुस । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको ...

नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

Friday, 30 December 2016

  मोरङ, १५ पुस । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् ...

सातौँ राष्ट्रिय खेलकुदः कुस्तीमा मध्यमाञ्चललाई छ स्वर्ण

Thursday, 29 December 2016

लहान, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सिरहामा सञ्चालित १२ औँ कुस्ती राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात ...

सातौँ राष्ट्रिय खेलकुदः नेपाली सेना फाइनलमा

Thursday, 29 December 2016

इटहरी, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान–१७ स्थित एन्फा टेक्निकल खेल मैदानमा जारी फुटबल खेलमा नेपाली सेनाले मध्यमाञ्चललाई ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top