sangrila bank

यहाँ, ऐया ! भन्न नपाइ मरिरहेछ मानिस

  • प्रकाश पाठक

विवशता भनुँ या लाचारता ? मान्छे मान्छेकै भिडमा एक्लो छ । गुलाबको त्यो अन्तिम जीवन बाँचेको जस्तो छ, उसको जीवन । बालुवाको त्यो मरभुमिमा प्रचण्डताको बाण खाएर ढले जस्तो छ उसको जीवन । आफुलाई अरुमाझ देखाउने प्रयास गरेपनि बाध्यतामा लुकेको छ उसको जीवन । एउटा मानिस दु:खमा सहयोगको भिख माग्दा सहयोग गर्ने कोहि हुँदैन यहाँ, हजारौं हुन्छन त्यहाँ रंगमञ्चको नाटक सरी टुलुटुलु हेर्न आएकाहरू । एउटा मानिस बाटोमा लड्दा अर्को नदेखेझै हिड्छ ।

एउटा दु:खी बालकले भोक तर्न सहयोग माग्दा विभिन्न उपनामको माला लगाइदिन्छ मानिस । सायद ढुंगाको हुनुपर्छ त्यो मन … के भनुँ ?? बरु ढुंगा पग्लिदेला मान्छेको मन पग्लिदैन यहाँ l मानिसले जीवनमा आफुलाई विकासको महाशिखरमा पुर्याउन त्यो कागज अर्थात पैसाको प्रयोग गर्यो । त्यो कागजी नोटको लागि उसले मानबता नै बिचिदियो । कस्तो बलबान रहेछ त्यो कागज, जसको अगाडी मान्छेले न भोक देख्छ, न निन्द्रा, न त कसैको दु:ख नै । केवल देख्छ त त्यो कागज । जुनदिन उसको आँखाबाट पैसाको त्यो जालो टुट्नेछ, त्यस दिन सायद मानवता नै बिलाउनेछ l हो, म पनि त्यहि ढुंगाको मन भएको मानिस हुँ । म पनि निर्दयी छु । म पनि स्वार्थी छु । केवल आफ्नो खुशीकोलागी बाँचिरहेको छु ।

आँखाले सब दृश्य देखेको छु, तरपनि अन्धोझै टार्न बाध्य छु । चाहन्थें म त्यो स्वार्थको शिखर चढ्न तर के गर्नु आफ्नो जिन्दगीले स्वार्थी हुन विवश गरायो । डर लाग्छ, कहिँ मानिसलाई कल्पनाको संसारमा उडाएर त्यसलाई गन्तव्य देखाउन नसकी बिचमै त बिलाउदीन ?  डर लाग्छ मलाई, अरुलाई मृत्युको मुखबाट खोस्ने क्रममा मृत्युको निशाना मै त बन्नेछैन ? डर लाग्छ मलाई अरुको जीवनमा रंग भर्दा – भर्दै आफै त्यो सेतो कपडामा त बेरिनुपर्ने छैन । हो काथर छु म, कतै मानिसको जीवनमा लागेको डढेलो निभाउने चक्करमा, आफै त बल्नुपर्ने छैन ? मलाई डर छैन मृत्युदेखि किनकि मेरो एक मृत्युसंग कयौ मानिसको जीवन जोडिएको हुन्छ । तर यो डर लाग्छ कि, कहिँ मेरो मृत्यु त अपुरो हुनेछैन ?  कहिँ म मेरो सपना पुरा नगरी क्लान्त त हुनेछैन ।

मैले पनि मानिसको जीवन सपार्ने प्रण खाएको थिएँ । अन्यायमा दबिएकालाई न्याय दिने बाचा गरेको थिएँ । अनि पिडामा डुबुल्की मार्न बाध्य भएकालाई तैरिन साथ दिन्छु भनि हात बढाएको थिएँ । हो यहि डर लाग्छ कि, म त्यो आशालाई मृत्युको महायज्ञमा होम्न त बाध्य हुनेछैन । कहिँ त्यो लक्ष्यमा हिड्दा हिड्दै न्यायका लागि भिड्दा भिड्दै त्यसलाई अपुरै छाडी मेरो जीवन्त समाप्त हुनेछैन ?? हो यहि डर हो, मेरो लक्ष्यमा तगारो बनि आएको त्यो अपुरो मृत्युको । त्यो भयानक काल जुन मेरो जीवन संगसंगै हजारौ मानिसको खुसी, आशा र सपना तहसनहस गर्न आएको ।

जीवन शुल्क पक्षको उज्यालो रात मात्र होइन, औँशिको त्यो कहालीलाग्दो रात पनि हो । अनि जीवन बिनाशलिलाको भयानक दृश्यपनि हो । हो बुझेको छु मैले, जीवन भोगेर होइन देखेर । यहाँ हरेक दिन पत्रिकाका पृष्ठहरु मानिसको लासले सिंगारिएको हुन्छ । मान्छेको मृत्यु त यहाँ लामखुट्टेको मृत्यु जस्तै भएको छ । ऐया ! भन्न नपाइ मर्छ मानिस । तर म त्यति निर्दयी पनि छैन । हराएको छैन म त्यो पैसाको मोहमा ।

म मा मानबता छ । बाटोमा कोहि मानिस तड्पिरहेको देख्दा, जीवन र मृत्युबिच तड्पेको त्यो क्षण याद आउदा, कसैको आँखा रसौदा, मैले मेरो हजुरबाको आँशु पुछ्न नसकेको त्यो आँखा याद आउछ, अनि मानिस मृत्युसंग जुदिरहेको देख्दा आफ्नो हजुरबालाई मृत्युको मुखबाट खोस्न नसकेको त्यो कालो रात याद आउछ । हो त्यही दिन थियो । मैले अफैसंग प्रण खाएको ।

हजुरबाको त्यो प्रत्येक आँशुको कण मेरो जीवनको कसम बनेको थियो । त्यो दिन, बाचा थियो मेरो, आफ्नो आशु बगोस – अरुको आँखामा आँशु आउन नदिने, आफ्नो जीवन समाप्त होस् – अरुको जीवन बचाउने, अनि दिनहु मरेर बाचेका ति व्यक्तिको जीवन रंगाईदिएर वास्तविक जीवनको अर्थ प्रस्ट्याइदिने, अनि मेरो जीवन रहेसम्म कसैलाई अन्यायमा फस्न नदिने । अब म हजुरबाको त्यो आँशुलाई अपुरो छोडेर मृत्युमा रम्न चाहन्न । उहाको त्यो आशु र आशाभन्दा बलवान छैन त्यो काल । जब हजुरबाको आशुको प्रत्येक थोपाको ऋण तिर्छु, तब तयार छु त्यो मृत्युसंग हाँसी हाँसी जान l ——-

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

शहीदका बसन्तीहरू

Thursday, 19 January 2017

अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कःपवृक्ष मानव उमार नयाँ फूलझैँ प्रताप मल्लका करुणाले ...

कविता : सलाम छ ! तरकारीवाली

Sunday, 6 November 2016

विमन किराती   सलाम छ ! तरकारीवाली।। ब्लोअप विकिनीमा झुन्डिएर बाँचिरहेको सौन्दर्य चेत लाई एकाएक गाऊँ पुर्‍यायौ ।।। सुम्पिएर जीन्दगीको ...

गङ्गामायाले अनशन तोड्नुभयो

Wednesday, 14 September 2016

  काठमाडौँ, २९ भदौ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि ...

“गजल”–जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो

Saturday, 27 August 2016

जुन तिम्रै लागि उदाँउछ तारा झरेर के भो ! उजाडिएको एउटा बस्ति बसाइ सरेर के भो !! थाहा छ औँशीले ...

गोरखाका हरि गुरुङले ल्याए लोकदोहारी गीत ‘पिरतीको काँडामा’ (भिडियोसहित)

Thursday, 11 August 2016

काठमाडौं,२७ साउन । गोरखामा जन्मिएर नेपाली संगीतिक क्षेत्रमा संघर्ष गरिरहेका हरि गुरुङले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनकै ...

छत्रमानको आत्मकथामा लाजमर्दो स्वीकृति ‘दाइजोबापत कार लिएँ’

Saturday, 23 July 2016

काठमाडौं, ८ साउन । ‘मिनबहादुरजीले आफ्ना सम्धीलाई यो कार प्रिजेन्ट गर्न लाग्नु भएको छ, सम्धीले मलाई कारको साँचोको बट्टा प्रदान ...

कविता : मेरी आमा

Friday, 6 May 2016

सानो छँदा तिमीले अनेक प्रश्न गथ्र्यौ— ‘आमा, म कहाँबाट आएको हुँ ?’ तिमी सूर्यबाट आएका हौ । मेरो जवाफ पाएपछि ...

कविता : आइतेको देश कहाँ छ ?

Saturday, 9 April 2016

आइतेकै रगत पसिनाले देश बन्छ, आइतेको देश कहाँ छ ? आइतेको देश सिँहदरबार भित्र छ, भनु भने, आइतेकी जोइ, मर्दा ...

कविताः ‘सपनाको जित’

Saturday, 9 April 2016

मान्यता हुमागाई चकमन्न रात, झिलिमिली सहरभित्रको एउटा कुनामा अँध्यारो कोठा अनि त्यहाँ भित्र छरपस्ट रहेका अनगिन्ती सपनाहरु आज फेरि उस्तैगरी ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top