sangrila bank

ओलम्पिक कमिटिको विवाद मिलाउन खेलकुदमन्त्री सक्रिय, मन्त्री क्वाटरमै छलफल

काठमाडौं, १ पुस । नेपाल ओलम्पिक कमिटिमा देखिएको विवाद हल गर्न युवा तथा खेलकुद मन्त्रालय लागिपरेको छ । विवादीत दुवै पक्षका नेतृत्वसँग युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले छलफल अघि बढाएका छन् । मंसिर ३० गते हुनुपर्ने कमिटिको साधारणसभा अनिश्चितकालका लागि स्थगित भएपछि विवाद बल्झिएको थियो ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी, आईओसीको मान्यता प्राप्त तत्कालिन ध्रुवबहादुर प्रधान नेतृत्वको कमिटी र राष्ट्रिय मान्यता प्राप्त रुक्मशम्शेर राणा नेतृत्वको ओलम्पिक कमिटीको नाममा झण्डै ८ वर्ष चर्केको विवाद फेरि बल्झेपछि मन्त्री श्रीपालीले समाधानको लागि पहल थालेका हुन् ।

अदालतको फैसलासँगै रुक्मशम्शेर राणाको उदय भएको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाले रुक्म शम्सेर राणा नेतृत्वको कमिटिलाई मान्यता दिएपछि यता जीवनराम श्रेष्ठ नेतृत्वको कमिटिमाथि प्रश्न उठेको थियो । अदालतको फैसलासँगै श्रेष्ठको कमिटी कानुनी रुपमा निष्क्रिय बनेको थियो ।

मन्त्री श्रीपालीले सम्शेर र श्रेष्ठ दुवैलाई भेटेर विवाद नबढाउँन निर्देशन दिएका छन् । मन्त्री श्रीपालीको सचिवालय स्रोतका अनुसार उनले मन्त्रालयमा बोलाएर विवादीत व्यक्तिहरुलाई स्पष्टिकरण समेत लिएका थिए ।

प्रहरीले विहिबार विहानैदेखि सर्वोच्चको फैसला कार्यान्वयनको लागि सातदोबाटो स्थित ओलम्पिक कमिटिको कार्यालयमा कसैलाई प्रवेश गर्न दिएको छैन ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खप्तड गोल्डकप फाइनल समिकरण पुरा मनाङ सङ्कटासंग खेल्ने

Thursday, 12 January 2017

धनगढी, २८ पुस ।मनाङ मस्र्याङ्दी क्लब जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन ...

फिफा वरियतामा नेपालको छ स्थान सुधार

Thursday, 12 January 2017

काठमाडौँ, २८ पुस । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको ...

खप्तड गोल्डकप ,सङ्कटा सेमिफाइनलमा

Wednesday, 11 January 2017

धनगढी, २७ पुस । सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई ...

पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

Monday, 9 January 2017

पोखरा, २५ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! ...

सिर्जना आमन्त्रण महिला तथा पुरुष भलिबल हुने

Sunday, 8 January 2017

पोखरा, २४ पुस । नेपालको ग्रामीण क्षेत्रमा सबैभन्दा लोकप्रिय खेलका रुपमा परिचित भलिबल खेललाई व्यावसायिकता प्रदान गर्ने उद्देश्यकासाथ पोखरामा राष्ट्रियस्तरको ...

सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

Friday, 30 December 2016

इटहरी, १५ पुस । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको ...

नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

Friday, 30 December 2016

  मोरङ, १५ पुस । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् ...

सातौँ राष्ट्रिय खेलकुदः कुस्तीमा मध्यमाञ्चललाई छ स्वर्ण

Thursday, 29 December 2016

लहान, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सिरहामा सञ्चालित १२ औँ कुस्ती राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात ...

सातौँ राष्ट्रिय खेलकुदः नेपाली सेना फाइनलमा

Thursday, 29 December 2016

इटहरी, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान–१७ स्थित एन्फा टेक्निकल खेल मैदानमा जारी फुटबल खेलमा नेपाली सेनाले मध्यमाञ्चललाई ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top