तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

  • रेहान फजल

१४ डिसेम्बर सन् १९७१ ।
समय : लगभग १० : ३० बजे ।
स्थान : गुवाहाटीको एक एअरबस

विङ्ग कमान्डर विके बिश्नोइ पूर्वी पाकिस्तानमा एक अभियान सिद्ध्याएर फर्किएका थिए । क्याप्टेन वेलेनले उनलाई तुरुन्त एउटा अभियानमा सामेल हुन लगाए ।

११ बजेर करिब २० मिनेट गएको थियो । उनलाई ढाकाको एक सर्किट हाउसमा चलिरहेको महत्वपूर्ण बैठकमा बम प्रहार गरी त्यसमाथि व्यबधान खडा गर्नु थियो । यस्तो भएको थियो की विहान भारतीय बायु सेनाले ढाकाका गर्भनर हाउस र पाकिस्तानी सेनाको मुख्यालयबीचको संवाद सुनेको थियो । जसमा पूर्वि पाकिस्तानी गभर्नर साँढे एक बजे एक मिटिङमा सहभागी हुँदै थिए । जसमा पाकिस्तानी प्रशासनका सारा प्रशासनिक अधिकारी भाग लिँदैथिए ।

वायु सेनाको मुख्यालयले पूर्वी कमाण्डलाई आदेश थियो । उक्त बैठकको समयमा सर्किट हाउसमा ठूलो बमबारी होस ताकी प्रशासनको निर्णय लिने क्षमता नै समाप्त होस् ।

सर्किट हाउसको लोकेशन बारेको नक्सा सेनाको अपरेशन रुपमा थिएन । नक्साको नाममा एक टुरिस्ट म्याप दिइएको थियो । जसलाई बिश्नोइले आफ्नो एक खल्तिमा राखे ।

बिश्नोइले बीबीसीसँग भनेका छन्,‘त्यो समय हामीसँग आक्रमण गर्नको लागि २४ मिनेट मात्रै थियो । त्यसमा पनि गुवाहाटीदेखि ढाकासम्म पुग्नेसमय मात्रै २१ मिनेट लाग्थ्यो । हामीसँग कुल तीन मिनेट समय थियो । मैले आफ्नो मिग २१ को इजिनलाई स्टार्ट गरेँ । त्यसको हुड बन्दै थियो । मैले देखेको थिएँ मेरो समुहको एक अफिसर एक कागज लिँदै लर्खराउँदै म भएतिर आउँदै थियो र।’
उनै अफिसरले बिश्नोईलाई भनेका थिए,‘अब टारगेट सर्किट हाउसमा होईएन गभर्मेन्ट हाउसमा हुनुपर्छ ।’ बिश्नोइले उनलाई सोधेका थिए ‘यो कहाँ छ ?’ उसको जवाफ थियो,‘तपाईं नै पत्ता लगाउनुस् त्यो कहाँ छ ?’

140227151419_bk_bisnoi_indian_air_force_624x351_bkbisnoi

बिश्नोई


बिश्नोईसँग विमानलाई रोकेर टार्गेट खोज्ने समय पनि थिएन ।

उनले भने,‘मैले आफ्नो टिमका कुनै पनि पाइलटलाई टार्गेट बदलेको विषयमा कुरा गरिन । म उक्त कुरा उसलाई रेडियोमा पनि भन्न सक्थेँ । तर, त्यसो गरेको भए, हामीले गर्न लागेको कुरा पुरा दुनियालाई थाहा हुन्थ्यो ।’

यसैबीच गुवाहाटीबाट १ सय ५० किलोमिटर पश्चिममा रहको हासिमारामा विङ्ग कमान्डर आरबी सिंहले ३७ स्क्वाडका सिओ विङ्ग कमान्डर एसके कौललाई बोलाएर ब्रिफ गरे । उनले नै ढाकाको गभर्मेन्ट हाउसलाई क्वस्त पार्नु थियो । कौलको पहिलो सवाल थियो गभर्मेन्ट हाउस कहाँ छ ? यसको जवाफमा उनले वर्मा शेल पेट्रोलियम कम्पनिको तर्फ देखाउँदै एक दुई इन्चको म्याप दिए ।
यसैबीच बिस्नोई गुवाहाटीबाट उडेको २० मिनेट भइसकेको थियो । उनले अनुमान लगाएका थिएकी आफू तीन मिनेट भित्र आफ्नो लक्षमा पुग्नु छ ।

उनले उक्त नक्सा आफ्नो खल्तिबाट निकाले र उक्त नक्सा देखाउँदै साथी पाइलटलाई रेडियो सन्देशमा भने, ‘ढाका विमानस्थलको दक्षिण तिर आफ्नो लक्षतिर खोज्न कोशिस गर्नुहोस् । अब यो लक्ष सर्किट हाउस होइन गभर्मेन्ट हाउस हो ।’

नम्बर तीन पाइलट बिनोद भाटियाले सबैभन्दा पहिले गभर्मेन्ट हाउस खोजे । यसको चारै तर्फ हरियो घाँसको एक कम्पाउन्ड थियो । जसरी भारतीय राज्यको राजभवनमा हुने गरेका थिए ।

बिश्नोइ याद गर्छन्, ‘म यो सुनिश्चित गर्नको लागि आफ्नो मिगलाई पछाडी ल्याउँदै थिएँ । मैले देखेँ, त्यहाँ धेरै कारहरु आउजाउ गरिरहेका थिए । धेरै सैनिक गाडीहरु पनि खडा भएका थिए । पाकिस्तानको झन्डा पनि फहराइरहेको थियो । मैले साथीलाई बताएँ की हामीले यहीँ हमला गर्नु छ ।

उक्त समय गभर्नर हाउसमा गभर्नर डाक्टर एएम मालिक आफ्नो मन्त्रीमन्डलहरुलाई स्वागत गर्न व्यस्त थिए । त्यसैबेला संयुक्त राष्ट्र संघका प्रतिनिधी जोन केली त्यहाँ पुगे । मलिकले मन्त्रीमन्डलको बैठक नै छोडेर केरीलाई रिसिभ गरेका थिए ।
मलिकले केरिलाई सोधे,‘वर्तमान परिस्थितिको बारेमा उनको आकलन के थियो ? केलीको जवाफ थियो,‘तपाईं र तपाईंको मन्त्रीमन्डलका सदस्यहरुलाई मुक्तिबाहिनीले आफ्नो निशाना बनाउँन सक्छ ।’

केरीले सल्लाहा पनि दिएका थिए, ‘तपाईं तुरुन्त एक तटस्त क्षेत्र इन्टरकन्टिनेन्टल होटलको शरण लिन सक्नुहुनेछ, यसो गर्नुभन्दा अघि तपाईं र मन्त्रीमन्डलका सदस्यले राजिनामा दिनुपर्छ ।’
मलिकको जवाफ थियो, ‘म यो विषयमा सोचिरहेको छु, तर, म यो गर्न सकिरहेको छैन किनकी मलाई ईतिहासले लडाईंको मैदान छोडेर भागेको आरोप लगाउँनेछ ।’
मलिकले केरिसँग सोधे,‘के मेरी अष्ट्रियन पत्नि र छोरीलाई होटलमा पुर्‍याउन सक्नुहुन्छ ?’
जवाफमा केरीले भनेका थिए,‘त्यसो त गर्नसक्छौं तर अन्तर्राष्ट्रिय प्रेसलाई यो कुरा थाहा भयो भने जरुर फैलने छ । गभर्नरको भविष्य खतरामा छ उनले आफ्नो परिवारलाई पनि होटलमा शरणमा राखिएको छ भन्ने हल्ला हुनेछ ।’
यो बातचित चलिरहेको थियो । हल्ला चल्यो की गभर्नर हाउसमा भुइँचालो आएको छ । बिश्नोईले छोडेको रकेट भवनमा बर्सन थालेको थियो ।
पहिलो राउन्डमा हरेक पाइलटले १६ रकेट प्रहार गरे । बिश्नोइले आफ्नो निशाना मुख्य ठाउँमा बनाएका थिए । भवन भित्र हाहाकार मच्चियो । केरी र उनका साथी ह्विलर जंगलको बाहिर बाच्नको लागि भाग्न जीप भित्र छिरे ।

indian-army
जोन केरीले लेखेका छन्, ‘आक्रमणको दौरान मेरो भेट मुख्य सचिवसँग भएको थियो । उनी पनि निकै आत्तिएका थिए । मेरो नजिकै मेजर जनरल राव फरमान अलि दौडँदै निस्किए । उनी पनि बाँच्नको लागि बाटो खोजिरहेका थिए । दौडदा दौडदै उनले मलाई भनेका थिए, ‘भारतीयले हामीलाई किन यस्तो करिरहेको छ ।’ (जोन केरी, थ्री डेज इन ढाका, १९७१, पेज ६४९)
विङ्ग कमान्डर बिश्नोइ नेतृत्वमा भइरहेको आक्रमणमा २१ विमानबाट गभर्नर हाउसमा १२८ रकेट प्रहार भएको थियो । जतिबेला उनी त्यहाँबाट हटे, त्यसपछि फ्लाइट लेफ्टिनेन्ट जी बालाको नेतृत्वमा ४ स्क्वाडको दुइ र मिग २१ त्यहाँ बमबारी गर्न पुगे । बाला र उनको नम्बर २ बाहिनीका हेमु सरदेसाइले गभर्नर हाउसमा दुइ चक्कर लगाए र चार–चार रकेट प्रहार गरे ।
मिग २१ ले ६ पटक हमला गर्‍योर १९२ पटक रकेट प्रहार गर्‍यो। यत्तिका बाबजुत पनि गभर्नर हाउस धाराशाही बन्न सकेन । यद्धपी त्यहाँको कयौँ ढोका, झ्याल लगायत कयौं क्षेत्र क्षेतिग्रस्त बनेको थियो । जतिबेला आक्रमण समाप्त भयो त्यतिबेला केरी र उनका साथी पर रहेको संयुक्त राष्ट्रसंघको भवनमा रवाना भए ।

pakistan
त्यहाँ रहेका लन्डन अब्जर्भरका संवाददाता गविन यङले केलीलाई सल्लाहा दिए कि दोस्रो पटक गभर्नर हाउसमा गएर त्यहाँ भएको नोकसानबारे जानकारी लिउँ ।’
गाविनको तर्क थियो, ‘भारतीय विमान यत्ति छिट्टै फिर्ता भएको छैन, यसलाई इन्धन र हतियार भर्नको लागि कम्सेकम एक घण्टा लाग्नेछ ।’
जतिबेला केली र गाविन गभर्नर हाउसमा पुगे, यता मलिक र उनका सहयोगी भवनकै बंकर भित्र घुसेका थिए । मलिकले त्यतिबेला पनि राजिनामा दिने फैसला गरेका थिएनन् । उनी झै पनि आफ्नो हठ कायम राखिरहेका थिए । अचानक माथिबाट गोलीको भयंकर आवाज आयो । भारतीय वायु सेनाले ४५ मिनेट भित्र गभर्मेन्ट हाउसमा तेस्रो हमला गरेको थियो ।
त्यतिबेला आक्रमणको कमान्डर थिए विङ्ग एसके कौल र फ्लाइंग अफिसर हरीश मुंद । कौल जो पछि भारतीय वायु सेनाध्यक्ष बने । बीबीसीलाई भनेका थिए, ‘हामीलाई ढाकामा गभर्मेन्ट हाउस कहाँ छ भन्ने नै थाहा थिएन । ढाका भनेको कलकत्ता र मुम्बइ भन्दा निकै ठूलो शहर थियो । हामीलाई ढाका शहरको एउटा पुरानो बर्मा शेलको रोडम्याप दिइएको थियो । त्यसैले हामीलाई जबरजस्त सहयोग मिलेको थियो ।’
कौलको अगुवाई रहेको गणले आक्रमणको समयमा आसपासका जनताको क्षेति कम होस् भन्ने ध्यान राखेको थियो ।
उनले भने,‘हामीले पहिलो भवनलाई नियन्त्रण लियौँ, ताकी आसपासका मानिसहरु तितर वितर होउन, र उनीहरुलाई कुनै नोक्सान नहोस् । हामीले रकेट आक्रमणसँगै बन्दुकले पनि आक्रमण गर्‍यौँ । हामीले आफ्नो आक्रमणलाई उचाइमा राख्यौँ ।’

wing-comander-sk-kauli

एसके काैल


कौलसँगै उनका विंग म्यान फ्ल्याइंग अफिसर हरीश मंसदले बीबीसीसँग भनेका छन्, ‘मलाई याद छ गभर्नर हाउसको पहिलो मन्जिलमा एक ठूलो ढोका थियो । त्यहाँ एक झ्याल पनि थिया । हामीले त्यहाँ मिटिङ हल हुनसक्छ भनेर निसाना लगायौँ । आक्रमणपछि हामी तलतिर उड्दै इन्टरकन्न्टिनेन्टल होटलको नजिक पुग्यौँ । त्यहाँ छत देखियो । बालकुनीबाट कयौं मान्छे हेरिरहेका थिए ।’
काफेको हातले दिइएको राजिनामा
उता गभर्नर हाउसमा रहेका गाविन यङ्गले उक्त संवादमा लेखेका छन्,‘भारतीय विमानले ठूलो हमला गर्‍यो। धरती फाट्यो र हिलो भयो । मलिकको मुखबाट निश्कियो,‘अब हामी पनि शरणार्थी भयौँ । केरीले मलाई हेर्दै भने,‘अखिर हामी यहाँ दोहो¥याएर आउँन किन जरुरी थियो ? अचानक मलिकले एउटा कलम निकाले । काम्दै गरेको हातले एउटा कागजमा केही लेखे । केरी र मैले देख्यौं त्यो राजिनामा थियो । जसमा उनले राष्ट्रपति याहया खाँलाई सम्बोधन गरेका थिए ।’
‘अझै आक्रमण जारी थियो । मलिकले आफ्नो जुत्ता र मोजा खोले । सँगै रहेको रहेको बाथरुममा उनले हात र धोए । रुमालले आफ्नो शिर ढाके । बंकरको एउटा कुनामा नमाज पढ्न थाले । यो गभमेन्ट हाउसको अन्त्य थियो । यो पूर्वि पाकिस्तानको अन्तिम सरकारको पनि अन्त्य थियो ।’
यो आक्रमण लगत्तै गभर्नर मल्लिकले आफ्नो मन्त्रीमन्डलका सदस्यलाई इन्टरकन्टिनेन्टल होटलमा राखे । यस आक्रमणले युद्धको समयलाई त कम गर्‍योनै दोस्रो विश्व युद्धमा बर्लिनले जस्तै गल्लिगल्लिमा हुने युद्धलाई अन्त्य गरिदियो ।
दुईदिन पछि नै पाकिस्तानी सेनाका ९३ हजार सैनिकले भारतीय सेना समक्ष हतियार बुझाए । एक मुक्त देशको र्तौरमा बंग्लादेशको अभ्युदयको बाटो तय भयो । युद्धमा असाधरण वीरता देखाएको भन्दै विङ्ग कमान्डर एसके कौललाई महावीर चक्र र विङ्ग कमान्डर बिके बिश्नोई र हरीश मंसदलाई वीर चक्र प्रदान गरियो ।

बीबीसी हिन्दिबाट अनुवादित

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

Friday, 7 April 2017

मनाेज गजुरेल जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै ...

‘नवराज सिलवालकै हतियार सप्लाई’मा प्रचण्डसहित नेतृत्वको यसरी हुँदै थियो सामुहिक हत्या !

Thursday, 23 March 2017

काठमाडौं, १० चैत्र। नेपाल प्रहरीका डिआइजी तथा सिआइबी प्रमुख नवराज सिलवाल प्रहरी प्रमुख बन्ने दौडमा छन् । सरकारले डिआइजी जय ...

दुई ‘महान्’ राजनीतिक ठग !

Wednesday, 15 March 2017

– देवप्रकाश त्रिपाठी कमल थापालाई खास अवस्थामा राष्ट्रपति या प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने भएछ भने अर्को रहस्य पनि राम्रैसँग ...

विशेष सम्पादकीय : भारतीय ‘दादागिरी’ अन्त्य गर, सिमामा तुरुन्त ‘पर्खाल’ लगाउ

Friday, 10 March 2017

विहीबार काठमाडौं सहित देश भर एउटा खबरले सनसनी मच्चायो । ‘भारतीय सिमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट एक नेपालीको मृत्यु’ ...

स्वतन्त्र नारी

Wednesday, 8 March 2017

योगेश ढकाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर  हरेक व्यक्ति आफैंभित्रै स्त्री र पुरुषको समायोजन हो । हाम्रो शरीर ...

नारी दिवस किन मनाउँने ?   

Wednesday, 8 March 2017

सुमन खनाल चिकित्सा शास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पस किर्तिपुर स्कुलमा रिजल्ट आउने तयारी हुदै थियो ।  कक्षा ५ मा जेहेन्दार ...

अन्तिम दिन बीबीसीबाट रवीन्द्र मिश्रको घोषणा :‘निलो पानीको डुङ्गाबाट फोहोर पानीमा हाम फालेँ’

Tuesday, 28 February 2017

काठमाडौं, १७ फागुन । पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेपाल सेवाबाट राजिनामा दिँदै नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा गरेका छन् । ...

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top