sangrila bank

विश्व बैंकद्वारा पाँच अर्ब ९४ करोड ऋण सहयोग

काठमाडौं, ४ पुस । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भएको छ ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार उक्त रकम परियोजनाअन्तर्गतका सडक र पुल विकास, संस्थागत सवलीकरण तथा परियोजना कार्यान्वयन र सवलीकरण अभिवृद्धिमा खर्च गरिने जनाइएको छ ।

परियोजनाका समयमा विभिन्न २१ वटा क्रियाकलाप गरिने र परियोजनाको समाप्तिसँगै विभिन्न ३१ जिल्लामा बाह्रै महिना सडक पहुँच, यात्रा समयमा कटौती र आर्थिक केन्द्रको सुधार तथा सामाजिक सेवा पुग्ने विश्वास लिइएको छ ।

परियोजना कार्यान्वयका क्रममा ७०० किमी सडकको स्तरोन्नति र दुई हजार ५५० किमी रणनीतिक सडक मर्मत गरिने अर्थमन्त्रालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गको सडक विभागले कार्यान्वयन गर्ने उक्त आयोजनामार्फत गत वर्षको भूकम्पमा भत्किएका पुल एवम् विभिन्न ३३ वटा रणनीतिक पुल प्रतिस्थापन गरिने छ ।

सम्झौतापछि महाशाखा प्रमुख अर्यालले विश्व बैंकबाट प्राप्त हुने रकमले ग्रामीण अर्थतन्त्रलाई सवल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसले समग्र यातायात प्रणालीमा सुधार आउने बताए ।

त्यसैगरी विश्व बैंकका प्रबन्धक कामाताले सडक विस्तारसँग त्यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरे । रासस

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुँजीगत खर्च हालसम्म ११ प्रतिशत मात्र

Tuesday, 17 January 2017

पोखरा, ४ माघ । चालु आवको अहिलेसम्म पुँजीगत खर्च ११ प्रतिशत मात्र हुन सकेको छ । पोखरामा मंगलबार आयोजित ‘निजामती ...

वीरगन्जका उद्योगी भन्छन् ःनियमित विद्युत् दिनुस राजस्व दोब्बर हुन्छ

Saturday, 14 January 2017

वीरगन्ज, १ माघ । मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग ...

पूर्वी नाकाबाट रु सताइस अर्बका वस्तु निर्यात

Saturday, 14 January 2017

विराटनगर, १ माघ । नेपालको पूर्वी नाकाबाट गत आवमा भारतलगायत तेस्रो मुलुकमा रु सताइस अर्बको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात ...

सङ्क्रान्ति बजारका अग्निपीडितलाई १९ लाख राहत सहयोग

Saturday, 14 January 2017

  तेह्रथुम, १ माघ । तेह्रथुमको आठराई सङ्क्रान्तिबजारमा भएको आगलागी पीडितलाई अमेरिका र डेनमार्कबाट रु १९ लाख बराबरको राहत सहयोग ...

गोकर्णेश्वरको बजेट एक्काइस करोड

Friday, 13 January 2017

काठमाडौँ, २९ पुस । गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २० करोड ७८ लाख २२ हजारको बजेट सार्वजनिक ...

पाटन नपाको बजेट रु १२ करोड ६७ लाख

Friday, 13 January 2017

बैतडी, २९ पुस । देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर बैतडीको पाटन नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको ...

नेपालगन्ज उपमहानगरपालिकाको बजेट प्रस्तुत

Thursday, 12 January 2017

नेपालगन्ज, २८ पुस । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि अनुमानित रु एक अर्ब ३१ करोड ३४ लाख ...

एक खर्ब ३० अर्ब ७४ को परियोजना सुरु

Thursday, 12 January 2017

भक्तपुर, २८ पुस । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन)सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका ...

तटबन्ध बनाउन ६१ करोड सहयोग

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न रु ६१ करोड ९६ लाख ३० ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top