सभामुखमाथि केपी ओलीको ‘अपमान’ : मर्यादा विपरित ओलीले यसरी ‘उपरखुट्टि’ लगाए

काठमाडौं, ४ पुस । केही महिनाअघि भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा निकै गालि खानु प¥यो । कारण थियो–उनकी पत्नि सिता दाहालले कुटनीतिक मर्यादाको ख्याल नगरी उभिनु । यस्तोमा प्रचण्डकी पत्निलाई गालि गर्न अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरु लागि परेका थिए । तर, एक पटक मुलुकको बागडोरको उच्च पद प्रधानमन्त्री मात्रै होइन ‘कुटनीतिक मर्यादाको पाठ सिकाउने’ परराष्ट्र मन्त्री समेत भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सोमबारको एउटा तस्बिर हेर्नेलाई समेत असहज लाग्दो छ ।

सोमबार विहान सभामुख ओनसरी राजनीतिक समस्या समाधान गर्न डाकेको शिर्ष नेताहरुबो बैठकको दृष्यमा ओलीको बसाइ निकै आश्चर्यको विषय बनेको थियो ।

मुलुकको प्रधानमन्त्रीले समेत ‘सम्माननिय’ भनेर सम्बोधन गर्नुपर्ने सभामुखको अगाडी पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बसाई निकै घतलाग्दो छ । उनीसँगै रहेका कांग्रेस बरिष्ठ नेता दुवै खुट्टा तल झारेर बसेका छन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि दुवै खुट्टा तल झारेर बसेका छन् । यता ओलीले भने दायाँ खुट्टा सभामुख तर्फ फर्काउँदै उपरखुट्टि लगाएर बसेका छन् । कुटनीतिक मर्यादामा यस्तोलाई ‘असभ्य’ मानिन्छ । केही वर्षअघि एक कार्यक्रममा तत्कालिन राष्ट्रपति रामवरण यादवसँगै रहेका अर्थमन्त्री रामशरण महतले उपरखुट्टी लगाएर बस्दा सामाजिक सञ्जालमा विरोध समेत भएको थियो ।

ओलीको यस्तो बसाइलाई एमालेकै एक नेता असभ्य बसाइँको संज्ञा दिन्छन् । ‘उहाँको अलि आफू नै ठूलो हुँ भन्ने अहँता छ,’ ती नेताले भने, ‘सभामुख भनेको पद हो, व्यक्तिलाई होइन हामीले पद्धत्तिलाई मान्ने हो तर हाम्रो अध्यक्षले आफूले जे गरेपनि हुन्छ भन्ने ठान्नु हुन्छ ।’

त्यसो त आफ्नो शरिरलाई कसरी राख्ने भन्ने अधिकार व्यक्तिको निजी मामला पनि हो । यद्धपी राजनीतिक दलका शिर्ष नेताहरुले भने यसो भनेर उम्कन पाउँदैनन् । उनीहरु भनेको सार्वजनिक सम्पत्ति समेत हुन् । उनीहरुको हाउभाउ र बोलीचाली समेत समाजको दृष्टिमा पर्न सक्छ ।

एमाले नेता शंकर पोखरेल आफू यो विषयमा बोल्न नचाहेको बताउँछन् । ‘मैले विषय नबुझी बोल्नु हुँदैन,’ उनले भने, ‘मैले बुझेको विषय फरक पनि हुनसक्छ । नेपालमा सिस्टम छैन ।’

यता नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरी खतिवडा केपी ओलीमा निकै अहमता रहेको बताउँछन् ।
‘उहाँमा केही अहंमता छ । मैले जे गरेपनि हुन्छ । उग्र राष्ट्रवादको नाराले देशको भलो गर्दैन,’ उनले भने,‘मधेसीलाई राष्ट्रवादी नै नदेख्ने र मधेसीले पहाडीलाई देखिनसहने यो दुवै घातक हो ।

खतिवडाले ओलीको उक्त बसाइ मर्यादा विपरित भएको तर्क गरे । ‘यो मर्यादा विपरितको कार्य हो । यो देश भनेको राजा त भूपु भएको देश हो,’ उनले भने, ‘मुलुक भन्दा ठूलो कोही छैन । यहाँको जनता नै सवैभन्दा ठूला राष्ट्रवादी हुन् ।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत ‘ओलीको आचरण गुम्दै गएको बताउँछन् । ‘जुन पार्टीले संसदीय व्यवस्थलाई मानेको छ । उसैले संसदीय मर्यादा बनाएको हो,’ उनले भने, ‘यो व्यक्तिगत कुरा मात्रै होइन । भोली त्यो ठाउँमा उहाँकै मान्छे पुग्दा अरुले मान्नेकी नमान्ने ?’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चुरेभावर पार्टीद्वारा काठमाडौं महानगरपालिकामा उम्मेदवारी घोषणा

Friday, 28 April 2017

काठमाडौं, १५ वैशाख । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले काठमाडौं महानगरपालिकाका लागि मेयर र उपमेयर पदमा उम्मेदवारी घोषणा गरेको छ ...

सेना परिचालनको निर्णयप्रति फोरमको आपत्ति

Friday, 28 April 2017

काठमाडौँ, १५ वैशाख । स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति सङ्घीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ ...

बेचिन लागेको युवती सहित मानव बेचविखन गिरोहमा संलग्न ३ जना रंगेहात पक्राउ

Thursday, 27 April 2017

काठमाडौं १४ वैशाख । राम्रो तलव र रोजगारीको प्रलोभन देखाई नेपालको सिमाना पार गरेर वम्वैको कोठीसम्म लैजाने गिरोहको ३ जना ...

दुइ चरणको निर्वाचन प्रणालीको विरोध गर्दै राजपा नेपालसँग सहकार्य गर्ने उपेन्द्र यादवको घोषणा

Thursday, 27 April 2017

काठमाडौं, १४ बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प ...

संघीय गठबन्धनका नेताहरुसँगको बैठक सम्पन ,विधेयकलाई द्रुत मार्गबाट पारित गराउने

Thursday, 27 April 2017

बैशाख १४, काठमाडौं । संघीय गठबन्धनका नेताहरुसँगको बैठक बालुवाटारमा सम्पन्न भएको छ । संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा ...

वैशाख ३१ पछि तिनवटै निर्वाचन गर्नेगरी देउवा प्रधानमन्त्री बन्ने रक्षा मन्त्रि खाँणको ठोकुवा

Wednesday, 26 April 2017

काठमाडौं, १३ बैशाख । रक्षामन्त्री बालकृष्ण खाँणले ७ वटै प्रदेशमा पृत्तनापति राखिने र प्रदेशको आवश्यकत्ता अनुसार पृत्तनापतिको संख्या थपिने स्पष्ट ...

एकीकरण गरेका मधेशी दललाइ छाता चुनाव चिन्ह दिन असम्भव रहेको आयुक्तको घोषणा

Wednesday, 26 April 2017

बनेपा, १३ वैशाख । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता ...

डीआइजी नवराज सिलवालमाथि रिट निवेदनको अन्तिम ढुङ्गो नलागेसम्म छानबिन नगर्न सर्वोच्चको आदेश

Tuesday, 25 April 2017

काठमाडौँ, १२ वैशाख । सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक नवराज सिलवालमाथि रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कुनै पनि ...

किर्ते गरी पेस गरिएको कागजातवारे डिआइजि सिलवाललाई सोधपुछ

Tuesday, 25 April 2017

काठमाडौँ, १२ वैशाख । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्याङ्कन फारामको प्रतिलिपि ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top