sangrila bank

सातौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न खेलकुद मन्त्रीको दौडधुप, उद्घाटन गर्न राष्ट्रपति जाने

काठमाडौं, ५ पुस । तीनदिन पछि विराटनगरमा शुरु हुँन लागेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीको दौडधुप बढेको छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि उनले राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीसँग पालैपालो भेटघाट गरेका छन् । भेटघाटको क्रममा उनले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे ब्रिफिङ गरेका छन् ।

मन्त्री श्रीपालीका अनुसार पुर्वाञ्चलमा हुन लागेको यो प्रतियोगितामा राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने भएकी छिन् । प्रतियोगिताको समापन भने प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन् ।

‘माओवादी नेतृत्वकै सरकारले तीन वटा राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने अवसर पाएको छ, यो अवसरलाई मन्त्री ज्युले सदुपयोग गर्दै हुनुहुन्छ,’ खेलकुद मन्त्री श्रीपालीका प्रमुख स्वकिय सचिव राजेन्द्र विश्वकर्माले भने,‘उहाँ केहि दिन अघि नै बिराटनगर गएर आइसक्नु भएको छ । अब भोली फेरी सोही कार्यक्रमलाई सम्पन्न गर्न बिराटनगर जाँदै हुनुहुन्छ ।’

यसअघि सम्पन्न भएको ५ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए । त्यस्तैगरी छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगीताको समयमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकार थियो । संयोगबस सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अघि सरेको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खप्तड गोल्डकप फाइनल समिकरण पुरा मनाङ सङ्कटासंग खेल्ने

Thursday, 12 January 2017

धनगढी, २८ पुस ।मनाङ मस्र्याङ्दी क्लब जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन ...

फिफा वरियतामा नेपालको छ स्थान सुधार

Thursday, 12 January 2017

काठमाडौँ, २८ पुस । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको ...

खप्तड गोल्डकप ,सङ्कटा सेमिफाइनलमा

Wednesday, 11 January 2017

धनगढी, २७ पुस । सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई ...

पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

Monday, 9 January 2017

पोखरा, २५ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! ...

सिर्जना आमन्त्रण महिला तथा पुरुष भलिबल हुने

Sunday, 8 January 2017

पोखरा, २४ पुस । नेपालको ग्रामीण क्षेत्रमा सबैभन्दा लोकप्रिय खेलका रुपमा परिचित भलिबल खेललाई व्यावसायिकता प्रदान गर्ने उद्देश्यकासाथ पोखरामा राष्ट्रियस्तरको ...

सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

Friday, 30 December 2016

इटहरी, १५ पुस । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको ...

नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

Friday, 30 December 2016

  मोरङ, १५ पुस । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् ...

सातौँ राष्ट्रिय खेलकुदः कुस्तीमा मध्यमाञ्चललाई छ स्वर्ण

Thursday, 29 December 2016

लहान, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सिरहामा सञ्चालित १२ औँ कुस्ती राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात ...

सातौँ राष्ट्रिय खेलकुदः नेपाली सेना फाइनलमा

Thursday, 29 December 2016

इटहरी, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान–१७ स्थित एन्फा टेक्निकल खेल मैदानमा जारी फुटबल खेलमा नेपाली सेनाले मध्यमाञ्चललाई ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top