sangrila bank

माछापालनबाट मासिक दुई लाख आम्दानी

भीमदत्तनगर, ११ पुस । अन्नबालीबाट माछापालनमा जुटेका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गरेका छन् ।

चार वर्षदेखि कार्की माछा फार्म स्थापना गरेका किसान कार्कीले बितेको दुई महिनामा १० लाख बराबरको माछा बिक्री गरेको बताए । ‘बितेको दुई महिनामा करिब ४५र५० क्विन्टल माछा बिक्री भयो’, उनले भने, ‘माछामा करिब ५० प्रतिशत नाफा हुन्छ ।’
पाँच बिघा खेतमा पोखरी निर्माण गरेर व्यावसायिक रुपमा माछापालन गरिरहेका कार्कीले सुरुवातमा दश कट्ठा खेतबाट व्यवसाय थालेका हुन । ‘माछापालनलाई अब आधुनिकीकरण गर्दै लैजान्छु’, कार्कीले भने, ‘यसका लागि दुईरतीनपटक माछा पालनसम्बन्धी तालिमसमेत लिइसकको छु ।’ दश लाखको लगानीमा भारतको कलकत्ता, कैलालीको गेटा र कञ्चनपुरको झलारीपिपलाडीमा रहेका ह्याचरीबाट करिब दुई लाख भुरा ल्याएर यो वर्ष माछापालन गरेका उनले भने, ‘दश लाखको माछा बिक्री गरिसकेँ, अझै ५० प्रतिशत माछा बिक्री हुन बाँकी छ ।’

‘धान तथा गहुँबाली भन्दा माछा पालनमा राम्रो आम्दानी हुँदो रहेछ’, कार्कीले भने, ‘माछा बिक्रीबाट भएको फाइदाले जग्गादेखि ट्याक्टरसम्म जोडेको छु ।’ माछापालनबाट सन्तुष्ट कार्कीले दुईजनालाई रोजगारीसमेत दिएका छन् ।’ दुई सयदेखि तीन सय ५० सम्म प्रतिकिलो माछा बिक्री भइरहेको छ’, उनले भने, ‘माछा खपतका लागि बजारको खासै समस्या छैन ।’ उत्पादित माछा स्थानीयस्तरदेखि भीमदत्तनगर बजारसम्म खपत हुने गरेको छ ।

‘म आफैँ पनि कहिलेकाहीँ माछा पुर्‍याउन बजारसम्म पुग्छु’, उनले भने, ‘धेरैजसो व्यापारी माछा किन्न फार्ममै आउँछन् ।’ कञ्चनपुरमा भारतीय माछा पनि आयात भइरहेको छ । ‘पहिले त खेतीपातीमै थिएँ’, कार्कीले भने, ‘अन्य खेतीभन्दा माछापालन राम्रो लाग्यो ।’ जिल्ला कृषि विकास कार्यालयले कञ्चनपुर माछा उत्पादनमा आत्मनिर्भर भइ नसकेको जनाएको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुँजीगत खर्च हालसम्म ११ प्रतिशत मात्र

Tuesday, 17 January 2017

पोखरा, ४ माघ । चालु आवको अहिलेसम्म पुँजीगत खर्च ११ प्रतिशत मात्र हुन सकेको छ । पोखरामा मंगलबार आयोजित ‘निजामती ...

वीरगन्जका उद्योगी भन्छन् ःनियमित विद्युत् दिनुस राजस्व दोब्बर हुन्छ

Saturday, 14 January 2017

वीरगन्ज, १ माघ । मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग ...

पूर्वी नाकाबाट रु सताइस अर्बका वस्तु निर्यात

Saturday, 14 January 2017

विराटनगर, १ माघ । नेपालको पूर्वी नाकाबाट गत आवमा भारतलगायत तेस्रो मुलुकमा रु सताइस अर्बको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात ...

सङ्क्रान्ति बजारका अग्निपीडितलाई १९ लाख राहत सहयोग

Saturday, 14 January 2017

  तेह्रथुम, १ माघ । तेह्रथुमको आठराई सङ्क्रान्तिबजारमा भएको आगलागी पीडितलाई अमेरिका र डेनमार्कबाट रु १९ लाख बराबरको राहत सहयोग ...

गोकर्णेश्वरको बजेट एक्काइस करोड

Friday, 13 January 2017

काठमाडौँ, २९ पुस । गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २० करोड ७८ लाख २२ हजारको बजेट सार्वजनिक ...

पाटन नपाको बजेट रु १२ करोड ६७ लाख

Friday, 13 January 2017

बैतडी, २९ पुस । देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर बैतडीको पाटन नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको ...

नेपालगन्ज उपमहानगरपालिकाको बजेट प्रस्तुत

Thursday, 12 January 2017

नेपालगन्ज, २८ पुस । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि अनुमानित रु एक अर्ब ३१ करोड ३४ लाख ...

एक खर्ब ३० अर्ब ७४ को परियोजना सुरु

Thursday, 12 January 2017

भक्तपुर, २८ पुस । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन)सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका ...

तटबन्ध बनाउन ६१ करोड सहयोग

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न रु ६१ करोड ९६ लाख ३० ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top