sangrila bank

मुकुन्द्रद्वारा लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक

विराटनगर, ११ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार भएको पुरुष कराते खेलमा सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले स्वर्ण पदक जितेर लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी बनेका छन् ।

विराटनगरको सहिद रङ्गशालामा भएको पुरुष कराते ६७ किलोको तौलमा उनले स्वर्ण पदक प्राप्त गरेका हुन् । यसअघि पनि उनले पाँचौँ र छेटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेर पर्शुराम बास्तोलासँग आफूलाई बराबरीमा उभ्याएका छन् ।

यस प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहम्मद शेख आलमले रजत र नेपाल प्रहरीका भूपेन्द्र खड्का तथा मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक प्राप्त गरेका छन् ।

यस्तै पुरुषको ८४ किलोमुनिको तौलमा नेपाल प्रहरीका दिवस श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे । सो खेलमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्र प्रहरीका भीमबहादुर तामाङ तेस्रो स्थानमा रहेका छन् ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खप्तड गोल्डकप फाइनल समिकरण पुरा मनाङ सङ्कटासंग खेल्ने

Thursday, 12 January 2017

धनगढी, २८ पुस ।मनाङ मस्र्याङ्दी क्लब जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन ...

फिफा वरियतामा नेपालको छ स्थान सुधार

Thursday, 12 January 2017

काठमाडौँ, २८ पुस । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको ...

खप्तड गोल्डकप ,सङ्कटा सेमिफाइनलमा

Wednesday, 11 January 2017

धनगढी, २७ पुस । सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई ...

पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

Monday, 9 January 2017

पोखरा, २५ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! ...

सिर्जना आमन्त्रण महिला तथा पुरुष भलिबल हुने

Sunday, 8 January 2017

पोखरा, २४ पुस । नेपालको ग्रामीण क्षेत्रमा सबैभन्दा लोकप्रिय खेलका रुपमा परिचित भलिबल खेललाई व्यावसायिकता प्रदान गर्ने उद्देश्यकासाथ पोखरामा राष्ट्रियस्तरको ...

सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

Friday, 30 December 2016

इटहरी, १५ पुस । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको ...

नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

Friday, 30 December 2016

  मोरङ, १५ पुस । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् ...

सातौँ राष्ट्रिय खेलकुदः कुस्तीमा मध्यमाञ्चललाई छ स्वर्ण

Thursday, 29 December 2016

लहान, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सिरहामा सञ्चालित १२ औँ कुस्ती राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात ...

सातौँ राष्ट्रिय खेलकुदः नेपाली सेना फाइनलमा

Thursday, 29 December 2016

इटहरी, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान–१७ स्थित एन्फा टेक्निकल खेल मैदानमा जारी फुटबल खेलमा नेपाली सेनाले मध्यमाञ्चललाई ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top