sangrila bank

सातौं राष्ट्रिय बक्सिङ खेलमा नक्कली खेलाडी खेलाईएको भन्दै पीडित खेलाडीद्धारा कारवाहीको माग

 

काठमाडौं, १३ पुस । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा बक्सिङ् विधामा सहभागी मध्यपश्चिमाञ्चलका खेलाडी अर्जुन बुढामगरले आफ्नो विरुद्धमा फेक खेलाडी खेलाईएको आरोप लगाएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर खेलाडी बुढामगरले यस्तो आरोप लगाएका हुन् । उनले जारी प्रतियोगितामा पश्चिमाञ्चलले नक्कली खेलाडी यादव थापालाई रिङमा उतारेर आफूविरुद्ध अन्याय गरेको आरोप लगाए ।
उनले भने,‘मैले यो कुरा थाहा पाउनेवित्तिकै गुरुलाई भनेको थिएँ, त्यतिवेला नै गुरुले प्राविधिक समितिमा उजुरी हाल्नुभयो, त्यतिवेला फेक खेलाडी थापालाई खेल्न नदिने निर्णय गरिएको थियो, तर अन्तिममा थापालाई नै रिङ्मा उतारियो, मैले बाध्य भएर नखेल्ने भन्दापनि गुरुको आज्ञा पालना गर्दै रिङमा गएँ, तर खेल प्रर्दशन गरिन् ।’
उनले यो विषयलाई लिएर निर्णाय मण्डलमै विवाद भएको समेत जानकारी दिए । मगरले अघि भने,‘नक्कली खेलाडी खेल्न नपाउने भनेर नेपाली अन्र्तराष्ट्रिय रेफ्रीले समेत भन्नुभएको थियो, त्यतिमात्रै होईन प्रमुख प्रशिक्षकको कुरालाई समेत लत्याएर दुई चार जनाको एकलौटी निर्णयले गर्दा यस्तो भयो, नक्कली खेलाडीलाई खेल्न दिईयो, र उनकै पक्षमा निर्णय गरियो, यो अत्यन्तै दुःखलाग्दो कुरा हो, आज मलाई अन्याय भोलि अरु साथीहरुपनि यस्तै खाले गलत निर्णयको शिकार हुनुपर्नेछ, त्यसैले मैले बाध्य भएर अन्यायको विरुद्धमा आवाज उठाएको छु, मलाई न्याय चाहियो ।’
उनले नक्कली खेलाडीलाई यस्तो राष्ट्रिय प्रतियोगिता सहभागी गराउने प्रशिक्षकलाई पनि कारवाही गरिनुपर्ने जोडदार माँग गरेका छन् । त्यतिमात्रै होईन, उनले नक्कली खेलाडीलाई पनि कडा कारवाही हुनुपर्ने जिकिर गरे । उनले यसको लागि निश्पक्ष छानविन गर्नको लागि एउटा समिति गठन गर्न समेत सम्बन्धित सरकारी निकायसमक्ष माग गरेका छन् ।
कार्यक्रममा पीडित खेलाडी बुढामगरले आफूलाई यस्तो गलत निर्णय गर्ने निर्णायक समितिका दुई चार जना सदस्यहरुले फोनमार्फत आगामी दिनमा कुनै प्रतियोगितामा सहभागी हुन नदिने भन्दै धम्की दिईरहेको समेत जानकारी दिए ।
उनले भने,‘म माथि अन्याय भएकोले म त्यहाँबाट सिधै काठमाडौं आएको छु, तर मलाई उनीहरुले फोनमार्फत धम्की दिईरहेका छन्, उनीहरुले खुलेआम नक्कली खेलाडीलाई खेलाएको कुरा स्विकार गरिसकेका छन्, त्यतिमात्रै होईन, आफुहरुले निर्णय समेत गरिसकेकोले तँ जहाँ गएपनि जा यो निर्णय सही छ भनेका छन् ।’ पीडित खेलाडी बुढामगरले निर्णायक मण्डलका कारण आफ्नो करियर र सपनामा ठूलो चोट पुगेको समेत गुनासो पोखे । उनले अघि थपे,‘यस्तो गलत निर्णयका कारण आज मेरो सपनामा ठूलो चोट पुगेको छ, भोलिका दिनमा साफ, एशियनहुँदै ओलम्पिक बक्सिङ्मा नेपालको झण्डा फहराउने सपनामा ठूलो धक्का लागेको छ ।’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खप्तड गोल्डकप फाइनल समिकरण पुरा मनाङ सङ्कटासंग खेल्ने

Thursday, 12 January 2017

धनगढी, २८ पुस ।मनाङ मस्र्याङ्दी क्लब जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन ...

फिफा वरियतामा नेपालको छ स्थान सुधार

Thursday, 12 January 2017

काठमाडौँ, २८ पुस । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको ...

खप्तड गोल्डकप ,सङ्कटा सेमिफाइनलमा

Wednesday, 11 January 2017

धनगढी, २७ पुस । सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई ...

पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

Monday, 9 January 2017

पोखरा, २५ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! ...

सिर्जना आमन्त्रण महिला तथा पुरुष भलिबल हुने

Sunday, 8 January 2017

पोखरा, २४ पुस । नेपालको ग्रामीण क्षेत्रमा सबैभन्दा लोकप्रिय खेलका रुपमा परिचित भलिबल खेललाई व्यावसायिकता प्रदान गर्ने उद्देश्यकासाथ पोखरामा राष्ट्रियस्तरको ...

सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

Friday, 30 December 2016

इटहरी, १५ पुस । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको ...

नेपाली सेना र सशस्त्र प्रहरी क्रिकेट उपाधिका लागि भिड्दै

Friday, 30 December 2016

  मोरङ, १५ पुस । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् ...

सातौँ राष्ट्रिय खेलकुदः कुस्तीमा मध्यमाञ्चललाई छ स्वर्ण

Thursday, 29 December 2016

लहान, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सिरहामा सञ्चालित १२ औँ कुस्ती राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात ...

सातौँ राष्ट्रिय खेलकुदः नेपाली सेना फाइनलमा

Thursday, 29 December 2016

इटहरी, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत धरान–१७ स्थित एन्फा टेक्निकल खेल मैदानमा जारी फुटबल खेलमा नेपाली सेनाले मध्यमाञ्चललाई ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top