sangrila bank

तीन दिनभित्र दलहरुले सहमति नगरे संसद प्रक्रियामा अघि बढ्छ ः सभामुख

काठमाडौं, १४ पुस । व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छिन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले आजको तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताईन्। उनले भनिन्,‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी गराउनुभएको छ, त्यसैले उहाँहरुवीच अझै घनिभुत छलफल होस् भनेर नै मैले तीन दिनको समय दिएको छु।’ उनले तीन दिनभित्र पनि दलहरुवीच सहमति हुन नसके प्रक्रियामा अघि बढ्ने पनि बताईन्।
उनले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित् हुनको लागि पनि आफूले निर्देशन दिएको जानकारी गराईन्। उनले भनिन्,‘मैले उहाँहरुलाई भ्याली बाहिर नजानको लागि पनि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ, संसदभित्रै बैठक गर्नको लागि पनि मैले निर्देशन दिएको छु, आशा गरौं यो वीचमा सहमति हुन्छ।’
आउँदो संसद बैठक (पुस १८) अघि नै विषयमा सहमति नभए एउटामात्रै बैठक नराखिने सभामुखले जानकारी दिईन। ’सो समयभित्र उहाँहरुले सहमति गर्नुभएन भने १८ गते एक मात्र होइन, ग्याप राखेर एकै दिन दुई÷तीन वटा बैठक राख्नेछु,’ उनले भनिन, ’प्रमुख दलहरुलाई छलफल गर्नका लागि कार्यव्यवस्था परामर्श समितिमा पनि मैले भनिसकेको छु।’
सहमतिको लागि अहिले दलहरुवीच एक पक्षीय, द्धिपक्षीय र बुहपक्षीय वार्ता तथा सम्वादहरु भैरहेको जानकारी दिँदै उनले भनिन्,‘मैले उहाँहरुसँग धेरैपटक वार्ता तथा छलफल गरेको छु, परिणामस्वरुप हिजोमात्रै पनि उहाँहरुवीच संविधानको प्रावधान अनुसार स्थानीय तहको निर्वाचन गर्नेबारे सहमति भएको कुरा आएको छ, यो अत्यन्तै सुखद खबर हो।’
अब संसदभित्रको बहुमतले जे भन्छ सोही अनुरुप निर्णय लिइने पनि उनले बताईन्। उनले जनताका जनप्रतिनिधिको मतलाई पनि कदर गर्नुपर्नेमा जोड दिईन् । उनले संविधान जारी भएपछि देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बेलामा र संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा सदन अवरुद्ध हुनु दुःखद भएको टिप्पणी गरिन् ।
सभामुख घर्तीमगरले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने बाध्यतालाई सबैले गम्भिर रुपमा लिनुपर्ने बताउँदै भनिन्,‘अहिलेपनि सदनमा निर्वाचनसम्बन्धी दुई वटा विद्येयक कार्यसूचिमा छन् ।’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

राष्ट्रपतिको छोरीको हातमा ‘सुनैको बाला’ ! हिराजडित औँठी, घाँटीदेखि सिउँदोसम्म गहनैगहना !

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । सोमबार गणतान्त्रिक नेपाल पछि शितल निवासमा पहिलो तामझाम थियो । मुलुकको पहिलो महिला राष्ट्रपतिकी छोरीको विवाहाको ...

‘वर्तमान सरकार चुनावबाट डराएर भाग्न खोज्दै छ’ : पूर्वमन्त्री पण्डित

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रचण्ड नेतृत्वको वर्तमान सरकार चुनावबाट डराएर ...

टेलिभिजनमा अन्तर्वार्ता दिँदादिँदै स्वामीले सञ्चारकर्मीमाथि पानी खन्याइदिए (भिडियो)

Sunday, 15 January 2017

एजेन्सी, २ माघ । टेलिभिजन अन्तर्वार्ताको क्रममा भारतका एक स्वामिले अन्तर्वार्ता लिने सञ्चारकर्मीमाथि नै आक्रमण गरेका छन् । न्युज वल्र्ड ...

टावल झुन्ड्याउने डन्डीमा बेल्टको पासो लगाएर झुन्डिएका थिए, यम बुद्ध

Sunday, 15 January 2017

काठमाडौं, २ माघ । चर्चित र्‍यापर अनिल अधिकारी यम बुद्धले आफु बसेको घरको बाथरुममा झुन्डिएर आत्महत्या गरेको घटनाले यतिबेला शुभचिन्तकहरुलाई ...

यी हुन् यम बुद्धकी श्रीमती, यसकारण राखेका थिए अनिलले आफ्नो नाम,‘यम बुद्ध’

Sunday, 15 January 2017

काठमाडौं, २ माघ । झापाको विर्तामोडमा एनसेलले एउटा कार्यक्रम तय गरेको थियो । त्यो कार्यक्रममा सहभागी हुन चर्चित गायक यम ...

निर्णय नसच्याए बारले बहिष्कार गर्न सक्नेसम्मको अवस्था आउनसक्छ ःअध्यक्ष केसी

Saturday, 14 January 2017

काठमाण्डौं माघ १ । नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले उच्च अदालतमा गरिएको ८० जनाको नियुक्ती प्रक्रिया नै गलत भएको ...

शेरबहादुर देउवाको पिएदेखि विमलेन्द्र निधिको भतिजोसम्म न्यायाधीश (सुचीसहित)

Friday, 13 January 2017

काठमाडौं, २९ पुस । न्याय परिषदले देशभरका उच्च अदालतमा ८० जना न्यायधीश नियुक्ति गरेको छ । बिहिबार रातिसम्म बसेको न्यायपरिषद्को ...

काठमाडौंको फोहोरले सिसडोल क्षेत्रका हजारौँ नागरिक हताहत हुनसक्ने, बैशाख २ गते बन्द

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकाबाट बाहिरिने फोहोरलाई काठमाडौं महानगरपालिकाले समयमा नै उचित व्यवस्थापन नगर्दा स्थानिय जनता आक्रोशित बनेका छन् ...

‘छत्रमानको छोराको घडी दाइजोमा आएको खुलाशा, घडीकाण्डको नयाँ रहस्य

Thursday, 12 January 2017

काठमाडौं, २८ पुस । पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङका छोरा प्रवलमान सिंह गुरुङले आफूले ‘हराएको भनिएको घडि दाइजो’मा आएको खुलाशा ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top