सातौँ राष्ट्रिय खेलकुदः कुस्तीमा मध्यमाञ्चललाई छ स्वर्ण

लहान, १४ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सिरहामा सञ्चालित १२ औँ कुस्ती राष्ट्रिय प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात पारेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय नजिकैको मैदानमा आज सम्पन्न प्रतियोगितामा मध्यमाञ्चलले छ स्वर्ण पदक हात पा¥यो भने मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चलले एक÷एक स्वर्ण पदक हात पारेको छ ।

कुल आठ स्वर्ण, आठ रजत र १६ कास्य पदकका लागि भएको प्रतियोगितामा छ स्वर्ण र दुई कास्य पदकसहित मध्यमाञ्चल पहिलो भएको छ । यस्तै एक स्वर्ण, दुई रजत र तीन कास्यसहित पश्चिमाञ्चल दोस्रो तथा एक स्वर्ण र एक रजतसहित मध्यपश्चिमाञ्चल तेस्रो भएको छ ।

यस्तै प्रतियोगितामा पूूर्वाञ्चलले तीन रजत र तीन कास्य पदक प्राप्त ग¥यो भन्ने नेपाल प्रहरीले दुुई रजत र एक कास्य पदक तथा सुदूरपश्चिमाञ्चलले पाच कास्य पदक हात पारेको छ ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १२५ केजी तौल समूहमा मध्यमाञ्चलका सतेन्द्रप्रसाद यादव, ६५ केजी तौल समूहमा मध्यमाञ्चलकै सरोज यादव, ७४ केजी तौल समूहमा मध्यमाञ्चलकै मुक्तार आलम, ६१ केजी तौल समूहमा मध्यमाञ्चलकै जयमङ्गल यादव, ५७ केजी तौल समूहमा मध्यमाञ्चलकै रामबाबुु यादव, ९७ केजी तौल समूहमा मध्यपमाञ्चलकै सुुमीर कुमार साहले स्वर्ण पदक हात पारेको कुस्ती सङ्घका महासचिव विद्यासागर पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी ८६ केजी तौल समूहमा मध्यपश्चिमाञ्चलका रमेश गोतामे, ७० केजी तौल समूहमा पश्चिमाञ्चलका वैद्यनाथ यादवले स्वर्ण पदक हात पारेको छ । प्रतियोगितामा ५ विकास क्षेत्र, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लव र एपिएफ क्लवका गरी ५२ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगितामा विजेता खेलाडीलाई पूर्वमन्त्री चित्रलेखा यादवले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । रासस

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एएफसी एसियन कप : नेपाल र यमन भोली भिड्ने

Monday, 12 June 2017

काठमाडौँ, २९ जेठ । संयुक्त अरब इमिरेट्स (युएई) मा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि हुने ...

चित्रवन रङ्गशाला निर्माणको काम सुरु

Monday, 12 June 2017

चितवन, २९ जेठ । पश्चिम चितवनको चित्रवनमा अत्याधुनिक सुविधासहितको रङ्गशाला निर्माणको काम अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ...

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुने

Wednesday, 7 June 2017

काठमाडाँै, २४ जेठ । प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस ...

नेपाल-भारत अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल जेठ २३ गते , नेपाली टोलि भारत प्रस्थान

Sunday, 4 June 2017

काठमाडौँ, २१ जेठ । भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । ...

च्याम्पियन्स लिगको उपाधी रियल म्याड्रिडलाइ , युभेन्टस ४-१ को फराकिलो अंकले पराजित

Saturday, 3 June 2017

२० जेठ । युरोपकै प्रतिष्ठित र सबैभन्दा ठुलो फुटबल प्रतियोगीता च्याम्पियन्स लिगको उपाधी स्पेनिस क्लव रियल म्याड्रिडले प्राप्त गरेको  छ ...

७ दिन भित्र हिसाब किताब बुुझाउन राखेप सदस्यसचिवलाई खेलकुदमन्त्रीको निर्देशन

Saturday, 3 June 2017

काठमाडौं । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समयमा भएको सम्पूर्ण आयब्याय विवरण पेश गर्न निर्देशन दिएका ...

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

Thursday, 1 June 2017

काठमाडौँ, १८ जेठ । एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा ...

एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

Sunday, 28 May 2017

काठमाडौँ, १४ जेठ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको ...

स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनालाई

Sunday, 28 May 2017

काठमाडौं, १४ जेठ । बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको फाइनलमा ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top