sangrila bank

नेपालमै बन्यो चीनियाँ अस्पताल, यस्ता छन् उपचार पद्धति

काठमाडौं, १५ पुस । चीनका राष्ट्रपति सि जीन पीङले अगाडि सारेको ‘वान बेल्ट वान रोड’को एजेन्डालाई साकार पार्न विभिन्न खालका योजना अगाडि सारिएको छ । भौतिक पूर्वाधारको विकास सँगसँगै शिक्षा स्वास्थ्य तथा आर्थिक समृद्धिको क्षेत्रमा समेत सो नारा सम्बन्धित छ ।

त्यसो त चीन विश्वमै प्राकृतिक उपचारको क्षेत्रमा कहलाएको मुलुक हो । चिनको परम्परागत उपचार पद्दतीलाई आज संसारले अनुकरण गरिरहेको छ । रासायनीक औषधीका कारण मानव स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै चीनले प्रकृतिलाई मानवसँग जोडेर उपचार पद्दतीको विकास गरेको छ । आज चिनको अकुपन्चर, अकुप्रेसर बायो इलेक्ट्रिक थेरापी जस्ता उपचार पद्दतिले विश्व समुदायको ध्यान खिचिरहेको बेला त्यसलाई नेपालमा पनि विस्तार गर्ने लक्ष्यका साथ ‘चाइना हस्पिटल’ स्थापना गरिएको छ । नागरिकलाई सरल र सहज रुपमा सेवा दिने लक्ष्यका साथ स्थापित सो अस्पतालले विभिन्न स्थानमा मानवोचित सेवा प्रदान गरिरहेको छ ।

चिनियाँ पद्दतीको उपचार भित्र्याउने श्रेय चिनियाँ विद्धान डा. ज्या छिन हाईलाई जान्छ । उनले नै नेपालमा चाइना अस्पताल स्थापना गरेर नेपाली जनतालाई चिनियाँ उपचार पद्दति सिकाउन लागिपरेका हुन् ।

पछिल्लो पटक अस्पतालले सुन्दरीजलमा रहेको आश्रय समूहमा त्यस प्रकारको उपचार गरेको अस्पतालकी म्यानेजर सजना रिमाल बताउँछिन् । चिनमा प्रचलित उपचार पद्दतिको विज्ञतालाई नेपालमा प्रचार गर्ने र त्यसबाट लाभ लिने लक्ष्य नै आफूहरुको रहेको रिमालको भनाइ छ ।

नशा च्यापिएको, हड्डी खिएको, सबै प्कारका दुख्ने, पोल्ने पाइल्स, फिस्टुला जस्ता रोगको उपचार पनि प्राकृतिक तवरले नै गरिने चिनियाँ पद्दति रहेको छ ।
चिनियाँ विज्ञ वाङ सि खः र रङ रेनको स्वयमसेवक टोलीले आश्रय समूहमा रहेको ड्रक्स एडिकहरुलाई पहिलो चरणमा उपचार गरेको थियो । समूहका सञ्चालनक छिरिङ शेर्पा चिनियाँ पद्दतिबाट उपचार पाएर आफूसँग रहेका बिरामी तथा ड्रक्स एडिकहरुलाई उल्लेख्य मात्रामा फाइदा भएको बताउँछन् ।

काठमाडौँका गल्ली गल्लीमा अकुपन्चर सेवा दिने भन्दै खोलिएका स्वास्थ्य केन्द्र तथा उपचार केन्द्रहरुले दिने सेवा देखावटी मात्रै भएको रिमालको भनाइ छ । ‘हामी वास्तविक रुपमा नै चिनियाँ पद्दतिको उपचार गराउँछौ’ चिन सरकारले नेपालमा विशिष्ठ प्रकारको उपचार केन्द्र स्थापना गर्ने वचन समेत आफूलाई दिएको उनको भनाइ छ ।

chiniese-hospital


तीन महिना पढेको भरमा अकुपन्चर सेवा उपलब्ध गराउन नसक्ने भएकाले विशेष विशेषताको जरुरत पर्दछ । भारतको सिलगढीमा रहेको अस्पतालमा मात्रै त्यस प्रकारको विशिष्ठ सेवा पाउन सकिन्छ । तर उपचार पद्दति सामान्य उपचार प्रणाली भन्दा महङ्गो रहेको छ ।

चिनियाँ उपचार पद्दतिमा कुनै पनि प्रकारको पेन किलरको प्रयोग गरिदैन, भने कुनै शल्यक्रिया पनि गरिदैन । दुख्ने तथा पोल्ने रोगको उपचार मसाजबाटै ठिक गर्न सकिन्छ । आयुर्वेद उपचार प्रणालीलाई नै आफूले विशेष जोड दिएको रिमाल बताउँछिन् ।

अस्पतालमा स्वयमसेवा गरिरहेका चिनियाँ विज्ञ रङ रेन भन्छन् ‘‘ नेपालमा आएर आफूले जानेको ज्ञान सिप बाड्न पाउँदा आफूलाई खुसी लागेको छ । नेपालका जनता उपचार पद्दतिप्रति अत्यन्तै सचेत छन् । हामी नेपाली नागरिकलाई सहज रुपमा आफूले जानको उपचार प्रणाली सिकाउन आएका हौ ।’’
चिनियाँ राष्ट्रपतिको ‘वान बेल्ट वान रोड’को अवधारणामा पनि आफ्नो अस्पतालाई जोडिएको भन्दै म्यानेजर रिमालले बताइन् ।

chinese-hospital


‘डिडिएस टेक्निकल एक्सपर्टिजलाई नै हामीले विशेष ध्यान दिएका छौ,’ चिनियाँ विज्ञ वाङ सिले भने । डा. ज्या छिङ हाईका मित्र समेत रहेका वाङले नेपाली जनतालाई सेवा गर्न पाउँदा आफूलाई असाध्यै खुसी लागेको बताए । एक हजार ६०० वर्ष पहिले भिक्षु थाङ सङले नेपालबाट बौद्ध धर्म चिनमा लगेर प्रचार गरेको स्मरण गर्दै सिले भने हामी अहिले चिनियाँ उपचार नेपालमा ल्याएर प्रचार गर्ने र नेपाललाई गुन लगाउने पक्षमा रहेको बताए ।

चिनियाँ पद्दतिबाट उपचार गर्न आएका बौद्ध बेसी गाँउबाट आएका पासाङ शेर्पाले कति गर्दा पनि निको नभएको खुट्टा सुन्निने श्रीमतीको समस्या समाधान भएको बताए । ‘सामान्य समाज गरेको भरमा उपचार भयो, उपचार खोज्दै कति ठाँउमा दौडिए, तर मेरो श्रीमतीमो समस्याको निदान भएको थिएन, चिनियाँ पद्दतिले मलाई जीवन दियो,’ उनले भने ।

आफूले ब्यापार गर्न भन्दा पनि सेवा गर्ने हेतुका साथ अस्पताल स्थापना गरेको भन्दै रिमालले एकपटक आफ्ना आफन्त तथा बिरामीलाई अस्पतालमा ल्याएर सेवा गर्ने अवसर प्रदान गर्न समेत आग्रह गरिन् ।

चिन सरकारले पकृतिक उपचार पद्दतिबाट उपचार गराउने जनशक्ति तयार पार्ने लक्ष्यका साथ पहिलो वर्ष ४० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति समेत दिएको उनको भनाइ छ ।

अस्पतालले शनिबार भक्तपुरको गट्ठाघरमा स्वास्थ्य शिविर समेत राखेको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रविन्द्र शाहको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

Thursday, 30 March 2017

काठमाडौं १७ चैत्र । नेविसंघ पुर्व केन्द्रीय सदस्य रविन्द्र शाहको हत्यारालाई सरकारले अझै पत्ता लगाउन नसकेको र कारवाही गर्न नसकेको ...

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दज्र्यानी प्रदान

Wednesday, 29 March 2017

काठमाडौँ, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ...

प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण सफल , नेपालको विकासमा चिनको प्रतिवद्धता

Tuesday, 28 March 2017

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको स्पष्ट ...

सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यासः उपप्रधानमन्त्री थापा

Tuesday, 28 March 2017

भक्तपुर, १५ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गतेको निर्वाचनपश्चात् निर्वाचित जनप्रतिनिधिलाई सवल, ...

शहिद गोविन्द गौतमको परिवारलाइ सरकारद्वारा दसलाख प्रदान , गृहमन्त्रीद्वारा चेक हस्तान्तरण

Monday, 27 March 2017

विराटनगर, १४ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएका मोरङको अमाही बरियाती–७ स्थित खयरबनका ...

हरिसिद्धिको जग्गा मनपरी विक्री वितरण गरेको भन्दै शेयरधनी आन्दोलित

Monday, 27 March 2017

काठमाडौं, १४ चैत्र । हरिसिद्धि इट्टा तथा टायल कारखाना लिमिडेटको जमिन मनपरि विक्री वितरण भइरहेकाले तत्काल रोक्न शेयरधनी, कामदार, कर्मचारी ...

चिनियाँ लगानीकर्तालाई लगानी गर्न प्रम दाहालको आग्रह

Monday, 27 March 2017

काठमाडौँ, १४ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर ...

आरआर मा नौ विद्यार्थी संगठन स्ववियु निर्वाचनको विपक्षमा ,चुनाव स्थगित गर्नुपर्ने माग

Sunday, 26 March 2017

काठमाडौँ, १३ चैत । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा आगामी मङ्गलबार हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन गर्न नौ विद्यार्थी ...

सरकारले भ्रष्टाचारीलाइ प्रोत्साहन गर्दैछ , अव यसको विकल्प खोज्ने बेला आयो : उपेन्द्र यादव

Saturday, 25 March 2017

काठमाडौं, १२ चैत्र । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु ...

vianet
model

लोकप्रिय

मनोरञ्जन

Top