संशोधन प्रस्ताव छलफल गर्न नै लायककको छैन ः महासेठ

काठमाडौं, १५ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरित भएकोले यो प्रस्ताव संसदमा छलफल नै गर्न लायकको नभएको टिप्प्णी गरे।
सरकारले संविधान संशोधन प्रस्तावमा उल्लेख गरेका विषयहरु राष्ट्रको हितमा नभएकै कारण आफ्नो पार्टीले यसको विरोध गरिरहेको स्पष्ट पार्दै नेता महासेठले भने,‘वर्तमान सरकारले अघि सारेको प्रदेशको सिमांकनको संशोधन प्रस्ताव कुनै हालतमा राष्ट्रको हितमा छैन, यो त मदारीले बाँदर नाँच देखाएकोजस्तो हो, नाँच्ने बाँदरलाई केही थाहा हुँदैन्।’
शुक्रबार राजधानीमा साक्षात्कारमा बोल्दै उनले नागरिकताको सवालमा अंगीकृत नागरिकताको विषय संशोधन प्रस्तावमा उठाईएको कुरामा आफूहरु कुनै हालतमा सहमत हुन नसक्ने समेत ठोकुवा गरे। महासेठले भने,‘स्वयम मधेशी मोर्चाले उठाएका कुन चाहीँ माँग यो संशोधन प्रस्तावले पूरा गर्छ, मलाई देखाउनुहोस् त ?, अंगीकृत नागरिकतालाई अब कडा भन्दा कडा बनाईनुपर्छ, मधेशमा जन्मसिद्ध नागरिकता लिनलाई समस्या छ, तीनीहरुको भविष्यको बारेमा कुनै चिन्ता छैन, अनि अंगीकृतलाई नागरिकता दिने कुरा किन गरियो ?’
उनले एमाले कुनै हालतमा मधेशविरोधी पार्टी नभएको समेत जिकिर गरे। उनले अघि थपे,‘एमाले कसरी मधेश विरोधी पार्टी भयो ? केपी ओली प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको लागि साँढे चार अर्ब बजेट निकासा भयो, बृद्ध भत्ता दोब्बर भयो, यो मधेशविरोधी काम हो र ? म प्रश्न गर्न चाहन्छु।’
उनले सरकारले अघि सारेको संशोधन प्रस्तावको पक्षमा कतैपनि आवाज उठेको दाबी गर्दै भने,‘बरु यो संशोधन प्रस्तावको विरुद्धमा ७५ वटै जिल्लामा आन्दोलन भएको छ।’
उनले मधेशी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित नभए कुनै पनि निर्वाचन हुन नदिने भनेर आज गरेको निर्णय मधेशी मोर्चाको निर्णय नभएको समेत ठोकुवा गरे। महासेठले अघि थपे,‘यो उहाँहरुको निर्णय होईन, यो ईम्पोर्टेड निर्णय हो, किनकी यो संशोधन प्रस्तावमा मधेशी मोर्चाका साथीहरुको कुनै पनि माग समावेश छैन।’
नेता महासेठले मधेशी मोर्चालाई आफ्ना कार्यकर्ता र पार्टीमा पनि स्वय विश्वास नभएको आरोप लगाए। उनले अघि थपे,‘उहाँहरुलाई स्वयम आफ्नो पार्टी र कार्यकतासँग विश्वास छैन, चुनावमा के हुने हो भनेर।’
वर्तमान सरकारका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिप्रति कडा रुपमा प्रस्तुत भएका नेता महासेठले भने,‘गृहप्रशासन अहिले निधिकरण भैरहेको छ, काँग्रेसीकरण भए त बेग्लै कुरा, निधिकरण भएको छ, पूरा देशमा तरस्करी र भ्रष्टाचार बढेको छ, सरकारका जुन मन्त्रीले काम विगारेपनि त्यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ, आज बोर्डर खुल्ला छ, तर पुलिसको अत्तापत्तो छैन, कोही पुलिसका हाकिमहरु गृहमन्त्रालय वरिपरि घुमिरहेका छन्, कोही चुप लागेर बसेका छन्।’
उनले प्रमुख दलहरु काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव गर्ने हो भने कसैको विरोधले केही अर्थ नराख्ने जिकिर गरे। महासेठले भने,‘यी तीन दल मिलेर चुनावमा होमिने हो भने देशमा चुनाव हुन्छ।’ उनले तराई, पहाड र हिमाल कसैको दाईजो नभएको समेत बताए ।
सभामुखले त तीन दिनको अल्टिमेट दिनुभएको छ, त्यो तीन दिनभित्रपनि सहमति नभए आफू प्रक्रियामा अघि बढ्ने भन्नुभएको छ नि, अब एमालेले के गर्छ भनेर सोधेको पत्रकारको प्रश्नमा उनले भने,‘उहाँको भनाईलाई हामीले अल्टिमेटको रुपमा बुझेका छैनौं, यो संभव छैन, १०÷१२ जनाले त संसद चल्न नदिएको ईतिहास छ, झ्न नेकपा एमाले…….त्यसैले सभामुख सुझबुझ भएको हुनुहुन्छ, उहाँ त झनै जनयुद्ध लडेर आएको व्यक्ति हो।’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

तिनदलिय सिन्डिकेटले नेपाल भड्खालोमा जाकिंदै छ:शिव सेना अध्यक्ष बम

Thursday, 20 July 2017

काठमाडौं, ५ साउन । राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रम बमले नयाँ गणतान्त्रिक संविधानलाई विखण्डनकारीको संज्ञा दिएका छन् । बिहीबार राजधानीमा ...

भारततर्फ लैजादै गरेको ३० केजी चरेस सहित ७ जना नेपाली र भारतीय पक्राउ

Wednesday, 19 July 2017

मकवानपुर, ४ असार । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बाट करीव ३० केजी चरेशसहित ७ जनालाई पक्राउ गरेको छ । ...

चरम विवादबीच राप्रपा केन्द्रीय कार्यसमितिको वैठक शुरु

Wednesday, 19 July 2017

काठमाडौं, ४ साउन । संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बिहीबारदेखि सुरु भएको ...

आजै थपिने भए १८ मन्त्री ! कसलाई कुन मन्त्रालय ? यस्तो छ मन्त्री हुनेको नामावली

Wednesday, 19 July 2017

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति पश्चात संभवत दोस्रो चरणको मन्त्रिपरिषद विस्तार आजै हुँने संभावना ...

रोल्पाको थवाङमा गर्भवति महिला र शिशुको ज्यान खतरामा ! गृहमन्त्रीद्वारा हेलिकोप्टरबाट उद्दार गर्न निर्देशन

Tuesday, 18 July 2017

मानसिंह बिक रोल्पा ।   रोल्पाको थबाङमा एक गर्भवती महिला र शिशुको जीवन नै उच्च जोखिममा परेको छ । प्रसुतीका ...

एएफसी क्वालिफायर्स यु-२३ फुटबल:पहिलो हाफको समाप्तिमा नेपाल १-० ले पछाडी (लाइभ हेर्नुहोस)

Monday, 17 July 2017

काठमाडौं,२ असार । एएफसी यु २३ क्वालिफायर्स फूटबल अन्तरग अहिले नेपाल र उब्जेकिस्तान बिच खेल भैरहेको छ । युएईको अल ...

३५ जना डिएसपी एसपीमा बढुवा, सिद्धि विक्रम शाह पहिलो (सुचीसहित)

Monday, 17 July 2017

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरिक्षक (डिएसपी)मा कार्यरत ३५ जनालाई ३५ जनालाई प्रहरी उपरिक्षक (एसपी)मा बढुवा गरेको छ ...

१५ एसएसपी डिआइजीमा बढुवा, सर्वेन्द्र खनाल पहिलो, रमेश खरेल दोस्रो नम्बरमा ! (सुचीसहित)

Saturday, 15 July 2017

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १५ एसएसपीहरुलाई डिआइजीमा बढुवा गरेको छ । गृहमन्त्रालय, लोक सेवा आयोग र प्रहरी प्रधान ...

निर्वाचन अघि संविधान संसोधन गर्न मिल्दैन, चुनाव पछि सोच्न सकिन्छ:सचिव ज्ञवाली

Saturday, 15 July 2017

काठमाण्डौँ,३०असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले निर्वाचन अघि संविधान संशोधन गर्न नहुने स्पष्ट पारेका छन् । ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top