sangrila bank

गृह प्रवक्ता भन्छन्,‘अहिलेसम्म गाडी जलाउनेको को हो ? पहिचान हुनसकेको छैन’

काठमाडौं, १६ पुस । शुक्रबार एमाले भातृ संगठन युवा संघका कार्यकर्ताले राजधानीको बानेश्वरमा एक सरकारी गाडीमा आगजनी गरेपनि सरकारले कुनै कारबाही अगाडी बढाएको छैन । गृहमन्त्रालयले अहिलेसम्म घटनाको दोषी पत्ता लगाउन समेत सकेको छैन ।

गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थिका अनुसार सरकारले घटनाका दोषीलाई खोजी गरिरहेको छ तर, अहिलेसम्म अपराधीको पहिचान भएको छैन । ‘हामीले कानुनी रुपमा घटनाको अनुसन्धान गरिरहेका छौँ,’ उनले दियोपोस्टसँग भने,‘आगजनीमा समलग्नहरुको पहिचान भैसकेको छैन । हामीले अनुसन्धान गरिरहेका छौँ ।’

घटना भएको २४ घण्टा वित्दासम्म प्रहरीले एकजना पनि पक्राउ गर्न सकेको छैन । भिडियो फूटेजहरुमा ठूला दलका नेताका आफन्तदेखि राष्ट्रपति कार्यालयका कर्मचारीसम्म गाडी तोडफोडमा समलग्न देखिएका थिए ।

तर, उनीहरुलाई पक्राउ गर्न प्रहरी चुकेको छ । शुक्रबार बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा रोकिराखेको अवस्थामा बा २ झ १३९२ नम्बरको स्कोरपीओ गाडी जलाइएको थियो । यसरी दिनदहाडै सरकारी जाडीमा आगजनी भएपछि सामाजिक सञ्जालमा सर्वत्र विरोध भइरहेको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

रविन्द्र शाहको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

Thursday, 30 March 2017

काठमाडौं १७ चैत्र । नेविसंघ पुर्व केन्द्रीय सदस्य रविन्द्र शाहको हत्यारालाई सरकारले अझै पत्ता लगाउन नसकेको र कारवाही गर्न नसकेको ...

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दज्र्यानी प्रदान

Wednesday, 29 March 2017

काठमाडौँ, १६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ...

प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण सफल , नेपालको विकासमा चिनको प्रतिवद्धता

Tuesday, 28 March 2017

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको स्पष्ट ...

सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यासः उपप्रधानमन्त्री थापा

Tuesday, 28 March 2017

भक्तपुर, १५ चैत । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गतेको निर्वाचनपश्चात् निर्वाचित जनप्रतिनिधिलाई सवल, ...

शहिद गोविन्द गौतमको परिवारलाइ सरकारद्वारा दसलाख प्रदान , गृहमन्त्रीद्वारा चेक हस्तान्तरण

Monday, 27 March 2017

विराटनगर, १४ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएका मोरङको अमाही बरियाती–७ स्थित खयरबनका ...

हरिसिद्धिको जग्गा मनपरी विक्री वितरण गरेको भन्दै शेयरधनी आन्दोलित

Monday, 27 March 2017

काठमाडौं, १४ चैत्र । हरिसिद्धि इट्टा तथा टायल कारखाना लिमिडेटको जमिन मनपरि विक्री वितरण भइरहेकाले तत्काल रोक्न शेयरधनी, कामदार, कर्मचारी ...

चिनियाँ लगानीकर्तालाई लगानी गर्न प्रम दाहालको आग्रह

Monday, 27 March 2017

काठमाडौँ, १४ चैत । चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम खर्च गरेर मनग्य आर्जन गर्न सकिने उपयुक्त अवसर ...

आरआर मा नौ विद्यार्थी संगठन स्ववियु निर्वाचनको विपक्षमा ,चुनाव स्थगित गर्नुपर्ने माग

Sunday, 26 March 2017

काठमाडौँ, १३ चैत । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा आगामी मङ्गलबार हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगन गर्न नौ विद्यार्थी ...

सरकारले भ्रष्टाचारीलाइ प्रोत्साहन गर्दैछ , अव यसको विकल्प खोज्ने बेला आयो : उपेन्द्र यादव

Saturday, 25 March 2017

काठमाडौं, १२ चैत्र । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु ...

vianet
model

लोकप्रिय

मनोरञ्जन

Top