अब मोबाइलबाटै पासपोर्टको फारम भर्न सकिने, यसरी भर्नुहोस्

काठमाडौँ, १९ पुस । नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ ।

चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ ।

सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपयोग गर्दै विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ सेवाको आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाशशरण महतले शुभारम्भ गरे।

राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले भौतिकरुपमा विभागमा उपलब्ध गराउने बाहेकका सुविधा एप्स प्रयोगकर्ताले पाउने छन् । राहदानी लिन चाहनेले ती दस्ताबेजबाहेक अन्य सबै काम एप्सबाटै गर्न र हेर्न सक्नेछन् । राहदानीका निम्ति प्रत्यक्ष दर्ता प्रणालीमा जानुपूर्व सेवाग्राहीले त्यसो गर्नुपर्नेछ ।

एप्स प्रणालीको उपयोग गर्दा कम्प्युटरबाटमात्र आवेदन फाराम भर्न सकिने र फाराम अनिवार्य छाप्नुपर्ने व्यवस्थामा सुधार आउने छ भने रितपूर्वक फाराम भरी पठाएमा सेवाग्राहीले मोबाइलमा नै बारकोड प्राप्त गर्नेछन् ।

उक्त बारकोड लिएर सेवाग्राही राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जानसक्नेछन् । पहिलो चरणमा विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिङ्टन डिसी, न्युयोर्क र हङकङस्थित नेपाली नियोग र कन्सुलरका साथै विभागमा गरेको छ ।

सेवाग्राहीले आफ्नो मोबाइलको App Qmore/Play store मा गई nepalpassport सर्च गरेर उक्त एप्स डाउनलोड download गर्न सक्नेछन् । त्यस अवसरमा मन्त्री महतले अत्याधुनिक प्रविधिको उपयोग गरी सेवाग्राहीलाई सरल एवम् सहज ढङ्गले द्रूतगतिमा सेवा प्रवाह गर्न सरकार क्रियाशील रहेको बताउँदै एप्सको सुरुवात पनि त्यसैको परिणाम हो ,’ उनले भने ।

सबै सरकारी निकायले पनि यस्तो प्रविधि प्रयोग गरुन र त्यसको अनुशरण होस् भन्ने परराष्ट्र मन्त्रालयको चाहना रहेको उनले बताए। परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जनमुखी सेवालाई मन्त्रालयले जोड दिएको बताउँदै भविष्यमा एप्स सेवालाई देशभर लागू गर्ने योजना सुनाए ।

विभागका महानिर्देशक सुशीलकुमार लम्सालले आफ्नो सेवा प्रवाहमा निरन्तर सुधारको प्रयास स्वरुप विभागले एप्स सेवा सुरु गरेको बताए।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

निर्वाचन आयोगद्वारा प्रदेश नं २ का स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक,भाद्र २१ गते मनोनयन दर्ता

Thursday, 20 July 2017

काठमाडौं, ५ साउन । निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय ...

गुल्मीका एमाले वडाध्यक्षको कारनामा,स्थानीय दलितमाथि निर्घात कुटपिट

Thursday, 20 July 2017

गुल्मी, असार ५ । गुल्मीका नवनिर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले एक दलित व्यक्तिमाथि निर्घात कुटपिट गरेको समाचार सार्बजनिक भएको छ । ...

गुम्बा विकास समितिलाई १० दिने अल्टिमेटम, कार्यकारी निर्देशकमाथि करोडौं रकम अनियमितताको आरोप !

Tuesday, 18 July 2017

काठमाडौं, ३ साउन । भूकम्प प्रभावित गुम्बा विहार पुनर्निर्माण संघर्ष समितिले सरकारसामु १० बुँदे माग अघि सारेको छ । मंगलबार ...

गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि थवाङकी बरमायाको हेलिकोप्टरबाट उद्दार

Tuesday, 18 July 2017

दियोपोस्ट संवाददाता रोल्पा । रोल्पाको थवाङ स्थित सामुदायीक अस्पतालमा उपचार नभएपछि थलिएकी बरमाया विकको उद्दार भएको छ । नेपाल पत्रकार ...

देउवालाई महतको सुझाव‘मन्त्रिमण्डल छिटो विस्तार गर्नुहोस, केन्द्रिय समिति बैठक बोलाएर हारजितको समिक्षा गरौ’

Monday, 17 July 2017

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फछ्र्योट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर ...

यी हुन आफ्नो कलेजो दिएर बाबुको ज्यान बचाउने छोरी

Monday, 17 July 2017

रमेश गिरी/भक्तपुर, २ साउन । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी ...

प्रचण्ड फर्किने वित्तिकै मन्त्रीमण्डल विस्तारको कार्यलाई तीव्रता दिईने पूर्वगृहमन्त्री निधीको घाेषणा

Sunday, 16 July 2017

काठमाडौं, साउन १ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एक दुई दिनभित्रै मन्त्रिमण्डल बिस्तार गरिने बताउनु भएको छ । कांग्रेसका ...

सिन्धुपाल्चोकबाट ३० मेगावाट विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिदै

Sunday, 16 July 2017

चौतारा- विसं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका तीन जलविद्युत् आयोजनाबाट थप २९।६ मेगावाट विद्युत् उत्पादन भई राट्रिय प्रशारण ...

एक दुइ दिनमा मन्त्रीेमण्डल विस्तार हुने,मन्त्रालय वाँडफाड अन्तिम चरणमा पुगेको नेता लेखकको दावी

Saturday, 15 July 2017

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकले एक÷दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । शनिबार राजधानीमा ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top