sangrila bank

विद्युत्भार कटौती अन्त्यले २० अर्ब बढी बचत हुने

काठमाडौँ, १९ पुस । विद्युत्भार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने आज यहाँ आयोजित कार्यक्रममा तथ्याङ्क पेस गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले विद्युत्भार कटौतीको अन्त्यले रु १६ अर्बको पेट्रोलियम पदार्थ र रु चार अर्बको अन्य खर्च स्वदेशमा नै रहने वातावरण पैदा भएको बताउनुभयो ।

मुलुकलाई अगाडि बढाउने प्रमुख र महत्वपूर्ण आधार भएकाले ऊर्जा क्षेत्रमा लगानी बढाउन आफूहरु तयार रहेको उद्योगी तथा व्यावसायीले बताए ।

आज यहाँँ आयोजित अन्तरक्रियामा ऊर्जामन्त्री जनार्दन शर्माले आगामी डेढ वर्षभित्र उद्योगी तथा व्यवसायीले माग गरेअनुसारको विद्युत् उपलब्ध गराउन सरकार तयार रहेको भन्दै नयाँ नयाँ उद्योग व्यवसाय खोल्ने कार्य थालनी गर्न आग्रह गर्नुभयो ।

ऊर्जा क्षेत्रको विकासमा सरकारले जे जति गर्नुपर्ने हो, सबै प्रकारका सहयोग गर्न तयार रहेको छ भन्नुहुँदै मन्त्री शर्माले अब गफ गर्ने समय सकिएको र काम गर्ने बेला आएको बताउनुभयो ।

ऊर्जा मन्त्रालय, प्राधिकरण चौबिसै घन्टा खटेका कारण मुलुकलाई आधारभूत रुपमा विद्युत्भार कटौती अन्त्य गर्न सकिएको बताउँदै उहाँले उद्योगी तथा व्यवसायीले पनि सरकारको कामलाई पूर्ण क्षमताका साथ सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “उद्योग–व्यवसाय सुरु गर्नूस्, ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि समेत नयाँ नयाँ योजना ल्याउनूस्, ऊर्जा मन्त्रालय मातहतका कुनै पनि निकायले काममा अवरोध गर्ने छैनन्, सबै काम सहज रुपमा अगाडि बढ्छन् ।”

सरकारले १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने जानकारी दिँदै मन्त्री शर्माले कम्तीमा पनि आठ हजार मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गर्नुपर्ने, वैदेशिक लगानीमा थप केही हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी कार्यअगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट आयात गरिएको विद्युत्ले मात्रै विद्युत्भार कटौतीको अन्त्य भएको नभई कालीगण्डकी, मध्यमस्र्याङ्दी, मस्र्याङ्दीजस्ता ठूला आयोजनालाई पूर्ण क्षमतामा विद्युत् बढी माग हुने समयमा चलाइएको बताउनुभयो ।

विगतमा कुनै पनि आयोजना पूर्ण क्षमता नचल्ने गरेका कारण पनि जनता अँध्यारोमा बस्नु परेको यथार्थ पेस गर्दै घिसिङले विद्युत्भार कटौती आधारभूत रुपमा अन्त्य भएको जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योग–व्यावसायमा सुनौलो युगको सुरुवात भएको भन्दै यसलाई निरन्तर अगाडि बढाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

उद्योग–व्यवसायले हाल दैनिक २० घन्टा विद्युत् पाइरहेका छन् । गत साल यही समयमा दैनिक १० घन्टा विद्युत्भार कटौती हुन्थ्यो भने औद्योगिक क्षेत्रमा समेत नियमित १३ घन्टा विद्युत् कटौती गरिन्थ्यो ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले ऊर्जा सङ्कटकाल कार्ययोजनामा समावेश गरिएका विषय तत्काल कार्यान्वयनमा आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुलुकको ऊर्जा क्षेत्रमा भइरहेको प्रयास र आवश्यकताका बारेमा महासङ्घअन्तर्गतका ऊर्जा समितिका सभापति प्रधानले कार्यपत्रसमेत पेस गर्नुभएको थियो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुँजीगत खर्च हालसम्म ११ प्रतिशत मात्र

Tuesday, 17 January 2017

पोखरा, ४ माघ । चालु आवको अहिलेसम्म पुँजीगत खर्च ११ प्रतिशत मात्र हुन सकेको छ । पोखरामा मंगलबार आयोजित ‘निजामती ...

वीरगन्जका उद्योगी भन्छन् ःनियमित विद्युत् दिनुस राजस्व दोब्बर हुन्छ

Saturday, 14 January 2017

वीरगन्ज, १ माघ । मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग ...

पूर्वी नाकाबाट रु सताइस अर्बका वस्तु निर्यात

Saturday, 14 January 2017

विराटनगर, १ माघ । नेपालको पूर्वी नाकाबाट गत आवमा भारतलगायत तेस्रो मुलुकमा रु सताइस अर्बको हाराहारीमा विभिन्न प्रकारका वस्तु निर्यात ...

सङ्क्रान्ति बजारका अग्निपीडितलाई १९ लाख राहत सहयोग

Saturday, 14 January 2017

  तेह्रथुम, १ माघ । तेह्रथुमको आठराई सङ्क्रान्तिबजारमा भएको आगलागी पीडितलाई अमेरिका र डेनमार्कबाट रु १९ लाख बराबरको राहत सहयोग ...

गोकर्णेश्वरको बजेट एक्काइस करोड

Friday, 13 January 2017

काठमाडौँ, २९ पुस । गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु २० करोड ७८ लाख २२ हजारको बजेट सार्वजनिक ...

पाटन नपाको बजेट रु १२ करोड ६७ लाख

Friday, 13 January 2017

बैतडी, २९ पुस । देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर बैतडीको पाटन नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको ...

नेपालगन्ज उपमहानगरपालिकाको बजेट प्रस्तुत

Thursday, 12 January 2017

नेपालगन्ज, २८ पुस । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि अनुमानित रु एक अर्ब ३१ करोड ३४ लाख ...

एक खर्ब ३० अर्ब ७४ को परियोजना सुरु

Thursday, 12 January 2017

भक्तपुर, २८ पुस । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन)सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका ...

तटबन्ध बनाउन ६१ करोड सहयोग

Wednesday, 11 January 2017

काठमाडौँ, २७ पुस । भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न रु ६१ करोड ९६ लाख ३० ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top