कसले किन गर्दैछ अाजको उपत्यका बन्द ? गृह प्रवक्ता भन्छन्,‘दुर्घटना हुनसक्छ !’

काठमाडौं, १९ पुस । पछिल्लो समय बन्द संस्कृति हराउँदै गएको थियो । तर, भोलीको ‘उपत्यका बन्द’ले फेरी सर्वसाधरणलाई झस्काएको छ । विभिन्न बहानामा गरिने बन्दलाई पूर्ण रुपमा ‘बन्द’ गरिनुपर्ने आवाज नउठेको होइन तर, बन्द संस्कृति मौलाउँदै जाने होकी भन्ने चिन्ता समेत बढ्न थालेको छ ।

सरकारले सडक विस्तारको क्रममा उपत्यकाबासीको ‘थातथलो उठाएको’ भन्दै भोली राजधानी काठमाडौं सहित उपत्यकाको तीन जिल्ला बन्दको आयोजना गरिएको छ । उपत्यका सडक विस्तार पीडित संघर्ष समितिले भोलीको बन्दको कार्यक्रम आयोजना गरेको हो ।

उनीहरुले विभिन्न १० बुँदे माग अघि सारेका छन् । ‘उपत्यकाबासीको आफ्ना पुख्र्यौली थातथलो घर तथा जग्गाबाट सडक विस्तारको नाममा मुआब्जा नदिइ उठीबास लगाउने कार्यको विरोधका लागि, सर्वोच्च अदालतको फैसला तथा अन्तरिम आदेशको उलंघन गरी बुल्डोजर लगाउने कार्य रोधी, कानुनी शासन कायम गर्न लगायत विभिन्न १० बुँदे माग उनीहरुले अघि सारेका छन् ।

बन्दकर्ताहरुले कुटनीतिक नियोग, एम्बुलेन्स, पत्रकार, मानवअधिकार, दुध तथा पानी बोकेको गाडी र पर्यटक बोकेको गाडी भने निर्वाध रुपमा चल्न दिने बताएका छन् । उनीहरुले काठमाडौं उपत्यकाभरी विभिन्न १२ संघर्ष समितिहरु बनाएका छन् ।

दुर्घटनाको सम्भावना छ : गृहप्रवक्ता

गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले दुर्घटना हुन सक्ने संकेत गरे । ‘भोलीको बन्दकर्ता फरक प्रकृतिको छ,’ उनले भने, ‘माग फरक छ, त्यसकारण दुर्घटना हुनसक्छ ।’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

फोटोमा हेर्नुहोस् धादिङमा भएको बस दुर्घटना : ४ जनाको मृत्यु १७ घाइते

Sunday, 28 May 2017

दियोपोस्ट संवाददाता धादिङ, १४ जेठ । धादिङ सदरमुकाम धादिङबेसीबाट उत्तर पश्चिम क्षेत्र टारीबेसी तर्फ जाँदै गरेको स्कुल बस दुर्घटनामा पर्दा ...

सडक दुर्घटनामा घाइते भएका माओवादी नेता केसीलाई भेट्न अस्पताल पुगे खेलकुदमन्त्री

Saturday, 27 May 2017

काठमाडौं । सडक दुर्घटनामा गम्भिर घाइते भएका माओवादी केन्द्रका नेता कृष्णबहादुर केसीलाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले भेट गरेका ...

राष्ट्रपतिद्वारा प्रदान गरिएको पदवीबाट राष्ट्रपति र उपराष्ट्रपतिकै छोराछोरी सम्मानित

Saturday, 27 May 2017

काठमाडौं , १३ जेठ । राष्ट्रपति बिद्यादेवी भण्डारीले विभिन्न विधामा पदवी तथा विभूषणले २ सय ५८ जनालाई सम्मान गरेकी छिन ...

लेखनाथ महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा कांग्रेस 

Saturday, 27 May 2017

पोखरा, १३ जेठ । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ...

पुर्व राष्ट्रपतिकी छोरी चुनाव लड्ने तयारीमा , जनकपुर उपमहानगरको मेयरमा उम्मेदवारी दिने

Friday, 26 May 2017

काठमाडौं,१२ जेठ । पूर्व राष्ट्रपति रामवरण यादवकी छोरी अनिता यादव स्थानिय निर्वाचनमा चुनाव लड्ने तयारीमा छिन् । जन्मस्थल धनुषा जिल्लाको ...

धनकुटाका भूकम्पपीडितलाई अनुदान वितरणको तयारी पूरा , पांच करोड रकम निकासा

Friday, 26 May 2017

धनकुटा, १२ जेठ । जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणका लागि राहत अनुदान रकम वितरण गर्ने तयारी पूरा भएको जिल्ला समन्वय समितिले ...

नयाँ शक्ति,नेकपा लगायत अन्य दलहरुबाट दर्जनौ नेता माओवादी केन्द्रमा प्रवेश

Thursday, 25 May 2017

काठमाण्डौँ , ११ जेठ । प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए लगत्तै माओवादी केन्द्रमा विभिन्न राजनीतिक दलबाट प्रवेशको लहर छाएको छ ...

जाँदाजाँदै प्रचण्डको उद्घोष , ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो’

Thursday, 25 May 2017

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताउनुभएको ...

प्रधानमन्त्री प्रचण्डले सिंहदरवारबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने , आजै राजिनामा दिने सम्भावना

Wednesday, 24 May 2017

काठमाडौं १०, जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ वजे राष्ट्र र जनताको नाममा सम्बोधन गर्ने भएका छन् ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top