sangrila bank

‘भन्न त जसले जे भनेपनि भयो, तर अब संसद खुल्यो सहमति हुन्छ’ : प्रचण्ड

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावसम्बन्धि सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई एठ ठाउँमा बसेर छलफल गरेर सहमतिमा जानको लागि लागि मद्दत पुर्याएको बताएका छन्।

बुधबार रिपोर्टस् क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने,‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ, मैले सहमतिका लागि कोशिस गरिरहेको छु । प्रतिपक्षी दलले सदन खुलाउने र मधेशी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ । अब छिटै राजनीतिक सहमति जुट्छ ।’

संविधान संशोधनमा कसरी दुई तिहाई पुग्छ त भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने,‘त्यो चाहीँ प्रस्तावमाथि छलफल भएर भोटिङ्मा गएपछि थाहा हुन्छ, हामीले त दुई तिहाई पुग्छ भनेर नै प्रस्ताव दर्ता गरेको हौं।’

तर एमाले लगायतका विपक्षीसँग संसदमा त २०१ संख्या छ अरे नि भन्ने अर्को प्रश्नमा उनले थपे,‘त्यही भएर त उहाँहरुले गल्ती गर्नुभएको छ, भए त भोटिंगमा गएर हराए भैगयो नि त ?’ उनले अब संशोधन प्रस्ताव अवैध भयो भन्नेपनि नरहेको दाबी गरे। उनले थपे,‘सर्वोच्चले फैसला दियो नि, त्यसले नै थाहा हुन्छ यो प्रस्ताव संवैधानिक छ।’

त्यस्तै उनले निर्वाचनको मिति सदन खोलेर निर्वाचनसम्बन्धी विद्येयक टेबुल भएपछि र संविधान संशोधन प्रस्तावमाथि छलफल भएपछि छिट्टै घोषणा हुने विश्वास दिलाए। उनले अघि थपे,‘भन्न त जसले जे भनेपनि भयो, तर अब संसद खुल्यो सहमति हुन्छ।’

संविधान कार्यान्वयन सरकारको मूख्य प्राथमिकता रहेकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने,‘देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि मैले प्रधानमन्त्री स्वीकार गरेको हुँ, म प्रधानमन्त्री हुँदा नै मधेशी, थारु, जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेर नै म यहाँ छु । हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने मेरो संकल्प छिटै पुरा हुन्छ ।’

सरकार राजनीतिक मुद्धाका साथै विकासका काममा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्रीले भने,‘राजनीतिक विवादमा अल्झिँदा विकासका मुद्धा ओझेलमा पर्ने गरेका छन्, यसपटक मैले विकासका काममा जोड दिएको छु, विकासका कामका केही गरौं भन्ने संकल्पसहित देशभरि दौडिरहेको छु । सोजेजस्तै प्रगति नभए पनि सकारात्मक परिणाम देखिन थालेका छन् । राजनीतिलाई विकाससँग जोड्ने मेरो संकल्प छ ।’

उनले मुलुक यतिवेला संविधान कार्यान्वयनको निकै नै संवदेनशील चरणबाट गुज्रिरहेको अवस्थामा रहेको उल्लेख गर्दैै थपे,‘हुन त संविधान घोषणा भएदेखि नै कार्यान्वयनको प्रक्रिया सुरु भई नै सकेको हो। तर यसको आधारभुत पक्ष संस्थागत गर्ने कुरा निर्वाचनसँग जोडिएको छ। जबसम्म संविधानमा निर्दिष्ट गरे अनुसार स्थानीय, प्रादेशिक र केन्द्रिय निर्वाचन भएर एउटा नयाँ परिस्थिति सिर्जना गरिँदैन, तबसम्म संविधान कार्यान्वयनको सबैभन्दा संवेदनशील पक्ष चाहीँ पूरा भएको मानिँदैन्। यो कुरापनि आज फेरि एकपटक स्मरण गर्न चाहन्छु।’

उनले अघि थपे,‘संविधान घोषणा गर्दा नेपालमा कम चूनौतिपूर्ण चाहीँ थिएन। किनकी धेरै लामो संघर्ष र धेरै ठूलो बलिदानपछिमात्रै संविधानसभा भयो, पहिलो संविधानसभा असफल भएपछि जनतामा, मानिसहरुमा कहीँ न कहीँ गम्भिर प्रश्नहरु थिए–के दोस्रो संविधानसभाले संविधान बनाउला त ? भनेर। तर धेरै अप्ठ्यारा र चूनौतिहरको सामना गरेर संविधान घोषणा भयो। तर नेपालको संविधान संविधानसभाबाट घोषणा हुने कुरा एउटा आँफैमा ठूलो कुरा त थियो। त्यसको एउटा मौलिक पक्ष के पनि थियो भने संविधान घोषणा गर्ने बेलामा नै प्रमुख दलहरु जसले संविधान घोषणा गरे उनीहरुले संविधान संशोधन गरिन्छ भनेर घोषणापूर्व नै संविधान संशोधनको कुरा गर्नुपरेको थियो। किनकी यसमा एउटा समूदाय र पक्ष, र केही दलहरु असन्तुष्ट भएको र आन्दोलनमा गएको स्थिति थियो त्यसकारण हामीले संविधान संशोधन गरेर आन्दोलनरत र असन्तुष्ट पक्षहरुलाई पनि सहमतिमा लिएर संविधान कार्यान्वयन गरेर लैजान्छौं, परिमार्जन गरेर लैजान्छौं भनेर त्यतिवेलै घोषणा गरिएको थियो। यो कुरामा मानिसहरुको कम ध्यान गएको छ।’

संविधानसभाबाट संविधान घोषणा गर्दैगर्दा संसदमा आफू प्रमुख प्रतिपक्षको भूमिकामा रहेको र संविधान बनाउनको निम्ति आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका समझदारी बनाउनको लागि, सहमति बनाउनको निम्ति आफूले गर्नुपर्ने त्याग प्रस्तुत गरेर भएपनि संविधान घोषणा गर्ने वातावरण बनाउन सक्रिया भूमिका निर्वाह गरेको स्रमण गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘जुन भूमिका हामीले निर्वाह गर्यौं, अहिले संविधान कार्यान्वयनको खासगरी यो निर्वाचनसँग सम्बन्धित विषयमा पनि मैले त्यस्तै त्यस्तै महशुस गर्छु । संविधान घोषणा गर्ने बेलाको जस्तै अहिलेपनि मेरो भूमिका धेरै नै महत्वपूर्ण छ।’

उनले अहिले मानिसहरुमा संविधान कार्यान्वयन हुनेबारेमा विभिन्न जिज्ञासाहरु रहेको बताउँदै भने,‘दोस्रो पटक प्रधानमन्त्रीको पद मैले ग्रहण गरेकोपनि राष्ट्रलाई निकास दिन मेरो नेतृत्वमा बढि सम्भावना छ भन्ठानेर नै मैले स्विकारेको हो, प्रधानमन्त्रीको पदकै कुरा गर्नुहुन्छ भने त संविधान घोषणा हुनेवित्तिकै मलाई अफर वा प्रस्ताव आएकै हो। र म प्रधानमन्त्रीमात्रै हुन चाहेको भए तुरुन्तै हुने सम्भावना पनि थियो, तर मैले जुन देशको परिस्थितिमा राष्ट्रिय सहमतिको पक्षमा दलहरुकोवीचमा जे सहमति थियो, त्यो नैतिक धरातलमा टेक्दा खेरि मैले आफू प्रधानमन्त्री हुन खोज्नु हुँदैन भनेर मैले अस्विकार गरेको स्थिति हो।’

उनले आफूले प्रधानमन्त्री पद किन स्विकार गरेको भन्नेबारेपनि प्रष्ट्याउँदै भने,‘मलाई के लाग्यो भने मधेशलाईपनि विश्वासमा लिने, थारुलाईपनि विश्वासमा लिने, जनजातिलाईपनि विश्वासमा लिने र सत्तापक्ष र प्रतिपक्ष सबैलाई पनि एक ठाउँमा ल्याउने भूमिका मैले गर्न सक्छु भन्ने विश्वासले मैले स्विकारेको हो। मानिसहरुले शंका गर्ने, आलोचना गर्ने र आरोप लगाउने त हजार छन्। लगाईराख्छन् नि। यो राजनीतिको क्षेत्र भनेको नै यस्तै हो। तर रियालीटि के हो भने मैले राष्ट्रलाई एकतावद्ध गरेर निर्वाचनतर्फ लिएर जान सक्छु र संविधान कार्यान्वयन गर्न सक्छु भन्ने विश्वासका साथ स्विकारेको स्थिति हो।’

अहिले प्रमुख दलहरुकावीचमा विवाद र विमतिहरु रहेको स्विकार गर्दै आफूले सबैलाई चित्त बुझाउनेगरि र स्विकार हुने गरि नै संविधान संशोधन प्रस्ताव अघि सारेको जिकिर गरे। उनले भने,‘यो प्रस्ताव राख्दा सबैलाई स्विकार हुन सक्ने ठाउँ खोजेर नै राखेको हो, त्यहाँ मधेशलाईपनि केही न केही आफूलाई सम्बोधन भएको महशुस गर्ने, थारुलाईपनि महशुस गर्ने र जनजातिलेपनि महशुस गर्ने ठाउँ छ, र सत्तापक्ष र प्रतिपक्षका पार्टीहरुलाईपनि अनौठो नलाग्ने। यो आँफैले पहिलेदेखि नै स्विकार गरिराखेको कुरा त हो नि भनेर सहज सहमति हुने विषय खोजेर नै मैले संशोधन प्रस्ताव राखेको हो।’

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन प्रस्तावलाई अन्य अर्थ लगाएर अलिक धेरै नै एक्स्ट्रेममा पुगेको आरोप लगाए। प्रधानमन्त्री दाहालले थपे,‘मलाई लाग्छ अब चाहीँ यहाँसम्म आईपुग्दा उहाँहरुपनि अब सदन खोल्ने, सहमति निर्माण गर्ने र देशलाई निर्वाचनतिर लानेमा सकारात्मक हुने ठाउँमा आईपुग्नुभएको छ ।’ पछिल्लो समयमा सत्तापक्ष, प्रतिपक्षी र आन्दोलनरत पक्ष सबै नै फेरी एउटा राष्ट्रिय एकताको धारमा आएर निर्वाचनतिर जाने सम्भावना प्रबल भएको उनको विश्वास थियो।

पछिल्लो सर्वोच्चको फैसलालेपनि सबै दलहरुलाई एक ठाउँमा ल्याउने सकारात्मक नै वातावरण बनाएको अनुभुति आफूले गरेको बताउँदै प्रधानमन्त्रीले भने,‘यद्धपी यसको ईन्टरप्रेटेशन विभिन्न ढंगले भएपनि वा जे भएपनि सबैलाई एक ठाउँमा आउनको लागि चाहीँ आधार दिएको छ, हुन त ऋषि धमलाले (अस्ति विहान मसँगको भेटमा) फैसला हुनुभन्दा अगाडि नै यस्तो–यस्तो हुने स्थिति छ है भन्नुभयो, के भन्छन यीनले भनेजस्तो लाग्या थियो, कुरो त आखिरी ऋषि धमलाकै सही सावित भयो, त्योपनि चाहीँ मलाई विचित्र लागेको छ।’

देशलाई विकासको बाटोमा लैजानेतरि सबै गम्भिर बन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने,‘यो पक्षलाई क्लबले ध्यान दिओस् भन्ने आग्रह गर्दछु, विकास निर्माणका कामलाई मैले तिव्रता दिएको छु, हिजोसम्म आईपुग्दा त नेपालको नक्साको चारवटै कर्नरमा म पुगेछु क्या। दोधारा चाँदनी गएँ, अहिलेसम्म कोही प्रधानमन्त्री पनि गएको रहेनछन् ।’

उनले अघि भने,‘पुर्वको पाथीभारा पुगे, चारवटै कर्नरमा पुगेको छु, मेहनत धेरै गरियो, तर परिणाम, सकारात्मक परिणाम आउने क्रम त बढिरहेको छ, हुन त राम्रो काम कसैले गर्यो भने यहाँ खुट्टा तान्ने प्रवृत्ति छ, त्यसको विचमा पनि कोशिस भैरहेको छ।’

क्लबका सभापति ऋषि धमलाबारे प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले भने,‘धमलाजीकोपनि सबै इन्फरमेशन लिने झण्डै–झण्डै एउटा पत्रकारितामा जति जसले जे–जे भनेपनि गडगिफ्टेड नै भयो । एउटा विशेषता धमला भनेपछि..सबै हो क्या।’

क्लबले आफ्नो स्थापनाकालदेखि नै नेपालको राजनीतिका तमाम उतारचढाव, घुम्ती र मोडहरुमा आफ्नो सक्रिय भूमिका निर्वाह गरेर स्थापित भईसकेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले भने,‘परिवर्तनलाई संस्थागत गर्ने कुरामा तपाईहरुले विगतदेखि नै आफ्नो ठाउँबाट योगदान गर्दै आएको कुरापनि स्पष्ट भई नै सकेको छ। ’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

‘नेपाल–भारत सम्बन्ध युनिक छ, यो कसैले चाहेरपनि बिर्गान सक्दैन्’ : राजदुत रञ्जित राय

Friday, 24 February 2017

काठमाडौं, १३ फागुण । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड ...

महाशिवरात्रीको अवसरमा मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो

Friday, 24 February 2017

भक्तपुर, १३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा आज भक्तपुरको डोलेश्वर महादेव मन्दिरलगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । भक्तपुरको ...

जंगलमा आफ्नै शिक्षकले युवतिसँग यौन सम्बन्ध राखेको देखेपछि विद्यार्थीले दिए यस्तो उजुरी

Thursday, 23 February 2017

दियोपोस्ट संवाददाता सिन्धुपाल्चोक, १२ फागुन । सिन्धुपाल्चोक इचोक गाविस स्थित महेन्द्र उच्च मावि सुपारीटारमा कार्यरत शिक्षकलाई कारबाही गर्न विद्यार्थीहरुले माग ...

महाशिवरात्रिको व्यवस्थापनको लागी २४ लाख विनियोजन , आवश्यक सम्पुर्ण तयारी पुरा

Wednesday, 22 February 2017

काठमाण्डौँ, ११ फागुन । महाशिवरात्री नजिकिदै गर्दा पशुपतिनाथ क्षेत्रमा आवश्यक तयारी पुरा भएको गुठि संस्थानले जानकारि गराएको छ । महाशिवरात्रि ...

प्रधानमन्त्री प्रचण्डकाे खुलाशा,–‘खतरा ल्याउने तर्फ ठूलो तप्का लागिरहेको छ’

Tuesday, 21 February 2017

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि मिडियालाई उपयुक्त वातावरण बनाउँन आग्रह गरेका ...

८० हजारमा नेपालमै कार बन्यो ! को हुन कार बनाउने भिम सुनार ? यस्तो छ कारमा सुविधा !

Monday, 20 February 2017

काठमाडौं, ९ फागुन । बाग्लुङ्गका १८ बर्षिया यूवक भिम सुनारले‘ओशियन’ नामको गाडी निमार्ण गरेका छन् । सोमबार राजधानीमा यूवक सुनारले ...

वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने काँग्रेसको माग

Monday, 20 February 2017

काठमाडौँ, ९ फागुन । व्यवस्थापिका–संसदको ठूलो दल नेपाली काँग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरेको छ । ...

आइजिपी बढुवाको बहस हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको इजलाशमा !

Sunday, 19 February 2017

काठमाडौं, ८ फागुन । प्रहरी महानिरिक्षक आइजिपी बढुवाबारे सर्वोच्चमा परेको रिटबारे आज सुनुवाई हुँदैछ । न्यायाधीशहरु हरिकृष्ण कार्की र ईश्वर ...

 दुवै मृगौला फेल भएर श्रीमान गुमाएकी गीताको हातमा जब एक लाख रूपैयाँ पर्‍यो…..

Saturday, 18 February 2017

रीता बुढाथोकी फागुन ७, काठमाडौँ । जब दुवै मिर्गौला बिग्रिएर श्रीमानको मृत्यु भयो त्यती बेला उनलाई आफ्नो जीवनका सवै बाटाहरु ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top