sangrila bank

गाईघाटमा जीप खस्यो, २ जनाको मृत्यु, दर्जभन्दा बढी घाइते

गाईघाट (उदयपुर), २३ पुस । सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ एउटा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा हर्देनी–१ का ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीया भीमकुमारी राउत छन् ।

सो दुर्घटनामा हर्देनीका ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, १४ वर्षीय विमल बस्नेत, ४० वर्षीय नीलबहादुर कार्की, ४६ वर्षीय रेशमकुमार कार्की र १७ वर्षीया एलिना श्रेष्ठ गम्भीर घाइते भएकामा भेषराज र विष्णुबहादुरलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल, निलबहादुर र रेशमकुमारलाई विराटनगरस्थित न्युरो अस्पताल र एलिना श्रेष्ठलाई काठमाडौँको ग्रान्डी अस्पतालमा राति नै पठाइएको प्रहरीले बताएको छ ।

कटारीबाट गहुँबारीतर्फ जाँदै गरेको स १ ज ४०९ नंको उक्त बलेरो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत गहुँबारीको भिरबाट स्ेटरिङ फेल भई ३०० मि तल खसेको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताए ।

जिप चालक हर्देनी–३ का ३२ वर्षीय शेरबहादुर खत्री भने जिपबाट हामफालेर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ । उक्त जिपमा नौ जना सवार थिए ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रधानमन्त्री प्रचण्डको चरित्र हत्या गर्ने को–को ? के होला कारबाही ?

Wednesday, 18 January 2017

काठमाडौं,५ पुस । दुइ वर्षअघिको जेठ महिनामा एउटा घटना निकै चर्चामा थियो–‘बामदेव–राजु साह प्रकरण । तत्कालिन गृहमन्त्री वामदेव गौतमले राजधानीको ...

यमबुद्धको पोस्टमार्टम रिपोर्ट : ‘श्रीमतीसँगै वाइन पिएका थिए,बंगरा भाँचिएको भेटियो ’

Wednesday, 18 January 2017

लन्डन, ५ माघ । चर्चित गायक स्वर्गिय अनिल अधिकारी यमबुद्धको पोस्टमार्टम रिपोर्ट आएको छ । शनिबार लन्डनको नर्थहोल्टस्थित आफू बस्दै ...

गृहमन्त्रीकाे खुलासा,-‘मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मतदान गर्छ’

Tuesday, 17 January 2017

वीरगन्ज, ४ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका ...

साँच्चै मदिराले लठ्ठिएका हुन् प्रचण्ड ? (भिडियोमा हेर्नुहोस्)!’

Tuesday, 17 January 2017

काठमाडौं, ४ माघ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मदिरा पिएको जस्तो देखिने’ तस्बिर भाइरल बनेको ...

यम बुद्धकी आमाले सजाएर राखेकी छोराका यी तस्बिर (१० फोटोमा हेर्नुहोस्)

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । आमा संसारको सबैभन्दा महान शब्द । यही शब्द वरीपरि संसारभर धेरै साहित्य र गीत संगीत बनाइएका ...

चैत्रमा चुनाव हुने संभावना टर्यो , अब छिट्टै सवै दलहरुको सहमतिमा मिति घोषणा हुन्छ ः मन्त्री पाण्डे

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । ...

‘पुननिर्माणको कामलाई तिब्रता दिन प्राधिरणमा नयाँ सिइओ ल्याएका हौँ’

Sunday, 15 January 2017

काठमाडौँ, २ माघ । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् । काठमाडौँ महानगरपालिकाले अाइतबार ...

‘न्यायधिश नियुक्ती संविधानसम्मत छ , निर्णय फिर्ता हुँदैन’ : कानुन मन्त्री

Saturday, 14 January 2017

काठमाडौं, १ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले उच्च अदालतमा गरिएको ८० जना न्यायधीशको नियुक्ती संविधानसम्मत् रहेको ...

धारिलो हतियार प्रयोग गरी हत्या

Saturday, 14 January 2017

गौशाला, १ माघ । महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top