sangrila bank

सुधिर वस्नेतलाइ कानुनी कार्वाहीको लागी सरकारले ठोस पहलकदमी अपनाउनुपर्छ : पिडित

काठमाडौं, २३ पुस । सुधिर बस्नेत पीडित जनसमूहले करिब ९ हजार मान्छेको झण्डै १० अर्ब रकम ठगेको र अहिलेसम्म पीडितहरुलाई रकम नदिई भागिरहेकोले सरकारले गठन गरेको छुट्टाछुट्टै दुई आयोगले अघि सारेका प्रतिवदेनहरु अध्ययन गरि कार्यान्वयन गर्नुपर्ने माग गरेको छ,
शनिबार पीडित जनसमूहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि यस्तो माग गरेको हो। कार्यक्रममा बोल्दै पीडित जनसमूहका अध्यक्ष घनानाथ ओझाले सुधिर बस्नेतले करिब ९ हजार मान्छेको ठूलो मात्रामा रकम खाएकोले यसको समाधानको लागि व्यक्तिले भन्दापनि सरकारले नै ठोस पहलकदमी लिनुपर्नेमा जोड दिए।
उनले भने,‘यो समस्याको समाधान गर्नको लागि सरकारले लिक्युडेटर नियुक्ती गर्नुपर्छ, यसको समाधान नेपाल सरकारबाहेक अरुले गर्न सक्दैनन्, त्यसैले सरकारले नै पहल कदमी लिनुपर्छ।’ त्यस्तै ओझाले पीडित व्यक्तिहरुको हकमा पनि व्याज दिनुपर्ने र नसके व्याज मिनाहा गरि साँवा फिर्ता गर्नुपर्ने माग गरे। उनले भने,‘संभव भए सबैको व्याज दिनुपर्छ नभएपनि बैंक र वित्तिय संस्थाको पनि व्याज मिनाहा हुनुपर्छ।’
कार्यक्रममा जनसमूह सल्लाहकार समितिका सदस्य एवम् बरिष्ठ अधिवक्ता देवेन्द्र राज शर्माले यो समस्यालाई सरकारले आँफै जिम्मा लिएर बैंक तथा वित्तिय संस्था र पीडितहरुको परेको रकम उठाउन मद्दत गर्नुर्ने माग गरे। शर्माले भने,‘अरु कुनै उपायबाट यत्रो ठूलो हिनामिना तथा घोटलाको समधान हुने संभावना छैन, र देखिँदैन, तसर्थ जतिसक्दो छिटो सरकार आँफैले यो समस्याको समाधान गर्नुपर्छ।’
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व कार्यकारी अधिकृतत शिवभक्त शर्माले आफूहरु समस्या समाधानको लागि जस्तोसुकै कदम चाल्नपनि तयार रहेको बताउँदै भने,‘हामी यो समस्याको समाधान सरकारको सहजीकरणबाट होस् भन्ने चाहन्छौं, यदि भएन भने हामी बाध्य भएर आन्दोलनमा जान पनि तयार छौं, र हुनुपर्छ।’
कार्यक्रममा पीडित ईन्दिरा अर्यालले सहकारीको घोटाला हुँदा पनि सरकार मुकदर्शक भएर बसिररहेको आरोप लगाउँदै यसको लागि मिडियाले सहयोग गर्नुपर्ने अपिल गरिन्। त्यस्तै कार्यक्रममा सरोकार समाजका अध्यक्ष अर्जुबहादुर अधिकारी, अधिवक्ता कृष्णकुमार थापा, पूर्व सह–सचिव हरिप्रसाद रिमाल लगायतले बोलेका थिए।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सरकारले भ्रष्टाचारीलाइ प्रोत्साहन गर्दैछ , अव यसको विकल्प खोज्ने बेला आयो : उपेन्द्र यादव

Saturday, 25 March 2017

काठमाडौं, १२ चैत्र । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नु ...

चिनियाँ रक्षामन्त्रीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

Saturday, 25 March 2017

काठमाडौँ, १२ चैत । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले विश्व सम्पदा सूचिमा सूचिकृत बसन्तपुर दरवारक्षेत्रको आज अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । ...

निर्वाचन केन्द्रमै मतगणना गर्नेगरि ऐन संशोधन गर्न पूर्व निर्वाचन प्रमुख आयुक्त उप्रेतीको सुझाव

Friday, 24 March 2017

काठमाडौं, ११ चैत्र। पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगरि स्थानीय तह निर्वाचन ...

कुनै पनि बहानामा निर्वाचन सर्दैनः उपप्रधानमन्त्री महरा

Friday, 24 March 2017

रोल्पा, ११ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताउनुभएको छ । आज ...

पुनर्निर्माण कोष एक महिनाभित्र कार्यान्वयनमा ल्याउन संसदीय समितिको निर्देशन

Wednesday, 22 March 2017

काठमाण्डौँ,चैत्र ९ । व्यवस्थापिका संसद अन्तर्गतको बिकास समितिले एक महिनाभित्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोषलाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको ...

१२ बुँदामा हेर्नुहोस् प्रधानन्यायाधीश सुशीला कार्कीको बद्मासी, –‘सम्धीलाई इजलाशमा, बरिष्ठहरु पाखामा’ !

Tuesday, 21 March 2017

दियोपोस्ट संवाददाता काठमाडौं, ८ चैत्र । इतिसम्बत् २०७३ साल माघ २८ गते शुक्रबार सरकारी समय घर्केपछि सर्वोच्च अदालतमा एउटा निवेदन ...

आइजीपी प्रकरण : फैसला मङ्गलबार हुने

Monday, 20 March 2017

काठमाडौँ, ७ चैत । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ आज सकिए पनि फैसला भने ...

आरन व्यवसायबाट मासिक पच्चिस हजार आम्दानी

Monday, 20 March 2017

रामपुर (पाल्पा), ७ चैत । रामपुर नगरपालिका सुन्दरटोलका इन्द्रबहादुर विकलाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म साँझ बिहानको छाक टार्ने ...

रवीन्द्र मिश्रमाथि विश्लेषकको हमला,‘नेपलालाई भारतमा गाभ्ने सिके राउतकै श्रङ्खला हुन् रवीन्द्र मिश्र !’

Sunday, 19 March 2017

काठमाडौं, ६ फागुन । विभिन्न राजनीतिक विषयमा विवादास्पद धारणा राखेर चर्चामा आइहने एक राजनीतिक विश्लेषकले रविन्द्र मिश्रको नयाँ पार्टीलाई गम्भिर ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top