sangrila bank

गाउँकी चार बालिका राखेर काठमाडौंको बसन्तपुरमा यस्तो यौन ‘धन्दा’ (अडियोसहित)

काठमाडौं, २४ पुस । काठमाडौंको बसन्तपुर क्षेत्रको नरदेवि मन्दिर । मन्दिरको उत्तर तर्फ लस्करै चार वटा घरहरु छन् । ती घरसँगै एउटा पुरानो बनावटको निकै कमजोर जस्तो देखिने घरमा दिनदहाडै बालिकाहरुको ‘चिच्याहट’को आवाज आइरहन्छ । सँगै जोडिएको औषधी पसलको होर्डिङ बोर्ड छ, तर यो पुरानो घरमा भने कुनै होर्डिङबोर्ड छैन तर ‘मास्क लगाएका मान्छेहरुको’ आउजाउ चर्को भइरहन्छ । हरियो पर्दा खोलेर भित्र प्रवेश गर्दा चार जना कलिला बालिकाहरु देखिन्छन् ।

उनीहरुलाई छिचोलेर भित्र प्रवेश गरेपछि अर्को कोठामा केही टेबुल र कुर्सी छन् । कुर्सीमा बस्न नभ्याउँदै एक युवा आउँछन् । अलिक हतार मुद्रामा ति युवाले सोध्न थाल्छन्,‘दाइ गाउँबाट ल्याएको फुच्चीहरु छन्, माल छन्, तीन हजार दिनुस् माथि गइहाल्नुस्, एक पटकको तीन हजार हो नी ? भर्खरै एउटा इन्डियनले पनि तीन हजार दिएर माथि गाको छ, ।’

उनले उनले भन्दैगर्दा माथिबाट कलिलो बालिकाहरु ‘चिच्याहेको आवाज आइरहेको थियो ।

‘छिटो पैसा दिनुस्, माथि जानुस्’ ती युवाको जोडबल थियो । तर, प्रसंग बदल्दै प्रश्न गर्न थाल्यौँ,‘घर कहाँ हो ? उनको जवाफ थियो,‘रामेछाप मन्थली हिलेपानी ।’ अर्को प्रश्न थियो,‘यस्तो काम गरेको कति भयो ? उनको जवाफ थियो, ‘१० वर्ष ।’

next

सञ्चालक बताउने विकास ग्राहकसँग पैसा माग्दै 


१० वर्षदेखि बसन्तपुर क्षेत्रमा यी युवाले ग्रामिण क्षेत्रबाट दुख पाएका गरिब किशोरी तथा बालिकाहरुलाई यस्तो धन्दामा लगाउँदै आएको उनैले खुलाए ।

त्यो पनि प्रहरीकै संरक्षणमा । कति कमाई हुन्छ ? यो प्रश्नमा उनको उत्तर थियो, ‘दिनमा कमाई त धेरै हुन्छ तर बचाउँनै गाह्रो मामाहरुको पनि चित्त बुझाउनु पर्‍यो ।’

उनले भनेको ‘मामा’ भनेका प्रहरी हुन् । ‘मामा (प्रहरी) हरुलाई पनि चित्त बुझाउनुपर्छ, सानो पोस्टको लागि भर्खर गाउँकी केटी पुर्‍याए हुन्छ तर माथिल्लो पोस्टको लागि महिनाको ३० हजार पुर्‍याउँनैपर्छ ।’

सुन्नुहाेस्  विकास नाम गरेका सञ्चालकले गरेकाे बार्गेनिंग

   

यसरी दिनदहाडै प्रहरीकै संरक्षणमा बसन्तपुर क्षेत्रमा ग्रामिण बालिकाहरुको ‘यौवन’माथि यी युवाहरुको समुहले व्यापार गरिरहेका छन् । तर, राज्य भने मौन छ । यी युवासँगै चार जनाको समुहले यो ‘धन्दा’ सञ्चालनमा ल्याएका हुन् । यहाँ उनीहरुले चार जना किशोरीहरु राखेका छन् । ती अवोध किशोरीहरु ‘बन्धक’ घर भित्र रहन्छन् । उनीहरुको काम ग्राहकलाई सन्तुष्ट पार्नु हो । एक किशोरीले दैनिक ५ जना ग्राहकलाई यौन सन्तुष्टि दिनु पर्छ । तर, उनीहरुलाई पैसाको कारोबार भने थाहा हुँदैन । ‘हामीलाई एउटा ग्राहकबाट २ सय रुपैयाँ आउँछ, कहिले त्यो पनि पाउँदैनौँ,’ अनुहार छोप्दै रामेछाप घर बताउँने १३ वर्षिय रिता महर्जन (नाम परिवर्तन) ले भनिन्,‘गाउँबाट सुख हुन्छ भनेर काठमान्डु आएँ तर यहाँ त यस्तो पो रहेछ ।’

१३ वर्षदेखि १६ वर्षसम्मका बालिका !

१८ वर्ष उमेरभन्दा तलका सबै नागरिक बालबालिका हुन् । तर, यहाँ यौन व्यावसायमा समलग्न गराइएका सबै बालिकाहरु १३ वर्षदेखि १६ वर्षसम्मका छन् । ग्राहक बनेर समाचार संकलन गर्न पुगेका तीन संवाददातालाई ती युवाले बालिकाहरुको भाग लगाए । पत्रकारको अनुहार हेर्दै ती युवा भन्दै थिए,‘१३ वर्षको तपाईंलाई, १४ वर्षको तपाईंलाई र, १६ वर्षको तपाईंलाई हुँदैन ? माल नराम्रो भएपो !’

प्रहरीले समेत प्रहरीबाटै रामधुलाई भेटेपछि…

ती युवाले कुराकानीकै क्रममा रहस्यमयी एक घटना सुनाए । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरी एक दिन त्यहाँ पुगेछन् । उनले आफू प्रहरीको सिपाही रहेको र यसरी बालिकामाथि यौनधन्दा चलाउनु अपराध हुने भन्दै प्रश्न गरे । तर, केही छण भित्रै ती युवाले नजिकै रहेको महानगरीय प्रहरी वृत जनसेवा बिसाल बजारका सइलाई फोन गरे,–‘यहाँ एक जना तपाईंहरुकै मान्छेले फूर्ति गर्दैछ ।’ उनले यसरी सुचना दिएको केहि छणभित्र नै जनसेवाका प्रहरी उक्त घरमा आइपुगे । जनसेवाका प्रहरीले ,‘हाम्रो एरिया आएर किन… ?’ भन्दै ती प्रहरीले नै राम धुलाई खाए ।

यी हुन् धन्दाका मालिक !

यो व्यावसायका मालिक हुन् रामु बस्नेत । उनीसँगै चार जना युवाहरु यो व्यावसायमा छन् । स्रोतका अनुसार यसरी ग्राहकसँग डिलिङ गर्ने व्यक्ति विकास बस्नेत हुन् । यस्तो धन्दाबारे हामीले रामु बस्नेतलाई सम्पर्क गरेका थियौँ । टेलिफोन सम्पर्कमा उनले अहिले एकछिनमा फोन गर्छु भन्दै फोन राखिदिए । जनसेवा प्रहरी वृतका डिएसपी सन्तोष आचार्यले आफूलाई यस विषयमा जानकारी नभएको र दियोपोस्टबाट पहिले सुचना पाएकाले आफूले बुझ्ने जानकारी दिए ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

नेपाली दुतावासको प्रश्न,‘हामीले सबै रकम प्रधानमन्त्री दैवि उद्धार कोषमा बुझाएका छौँ, विवरण किन नहेरेको ?

Monday, 23 January 2017

काठमाडौं, १० माघ । अमेरिका स्थित नेपाली राजदूतावासले बिनाशकारी भूकम्प पश्चात आएको राहत नेपाल सरकारलाई बुझाइसकेको स्पष्ट पारेको छ । ...

सरकारी वकिलहरुको आन्दोलनमा मेरो समर्थन छ ः महान्यायाधिवक्ता श्रेष्ठ

Sunday, 22 January 2017

काठमाडौं, ९ माघ । महान्यायधिवक्ता रमण कुमार श्रेष्ठले उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिको निर्णय सच्याउन माग गर्दै सरकारी वकिल ...

संसोधन विधेयक कोमामा गैसक्यो अव निर्वाचनको मिति घोषणा गर्नुको विकल्प छैन

Saturday, 21 January 2017

काठमाडौं, ८ माघ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सदनमा टेबुल गरिएको संविधान संशोधन विद्येयकलाई ...

परिवारले प्रेम सम्बन्ध अस्विकार गर्दा एकै अंगोलोमा झुन्डिएर जाेडीकाे आत्महत्या, यस्तो छ वास्तविकता

Friday, 20 January 2017

झापा ७ माघ । अन्तर्जातिय प्रेमलाई समाजले अस्विकार गर्दा विभिन्न किसिमका आपराधिक घटनाहरु घट्दै आएका छन् । पछिल्लो समय झापाको ...

विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) मा विद्यार्थी प्रवेशको लहर

Thursday, 19 January 2017

जंग रेउले, घोराही, ६ माघ । विप्लव नेतृत्व नेकपा (माओवादी) को विद्यार्थी संगठनमा विद्यार्थी प्रवेशको लहर देशव्यापी रुपमा चलेको छ ...

राष्ट्रपतिको छोरीको हातमा ‘सुनैको बाला’ ! हिराजडित औँठी, घाँटीदेखि सिउँदोसम्म गहनैगहना !

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । सोमबार गणतान्त्रिक नेपाल पछि शितल निवासमा पहिलो तामझाम थियो । मुलुकको पहिलो महिला राष्ट्रपतिकी छोरीको विवाहाको ...

‘वर्तमान सरकार चुनावबाट डराएर भाग्न खोज्दै छ’ : पूर्वमन्त्री पण्डित

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रचण्ड नेतृत्वको वर्तमान सरकार चुनावबाट डराएर ...

टेलिभिजनमा अन्तर्वार्ता दिँदादिँदै स्वामीले सञ्चारकर्मीमाथि पानी खन्याइदिए (भिडियो)

Sunday, 15 January 2017

एजेन्सी, २ माघ । टेलिभिजन अन्तर्वार्ताको क्रममा भारतका एक स्वामिले अन्तर्वार्ता लिने सञ्चारकर्मीमाथि नै आक्रमण गरेका छन् । न्युज वल्र्ड ...

टावल झुन्ड्याउने डन्डीमा बेल्टको पासो लगाएर झुन्डिएका थिए, यम बुद्ध

Sunday, 15 January 2017

काठमाडौं, २ माघ । चर्चित र्‍यापर अनिल अधिकारी यम बुद्धले आफु बसेको घरको बाथरुममा झुन्डिएर आत्महत्या गरेको घटनाले यतिबेला शुभचिन्तकहरुलाई ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top