sangrila bank

उदांगीयाे भारत : भारतीय सेनाकाे भावुक भिडियो,खान नपाएर यसरी मरिरहेछन् सिपाही

काठमाडौं, २६ पुस । भारत पाकिस्तान सिमामा कार्यरत एक भारतीय सेनाले एक भिडियो सार्वजनिक गरिदिएपछि भारतमा हंगामा भएको छ ।


अाफ्नाे बेदना सुनाउँदै भारतीय सिमा सुरक्षा बलका अधिकारी ः स्राेत कन्हैया कुमारकाे फेसबुक
सिमा सुरक्षा बलका एक सिपाहीले आफूले विहान ६ बजेदेखि बेलुका ५ बजेसम्म हिउँको बीचमा खटिनुपर्ने बाध्यता रहेको सुनाएका छन् । उनले भिडियोमा आफूलाई खान दिएको वस्तु समेत सार्वजनिक गरेका छन् ।

एउटा चिहा र एक रोटीको भरमा दिनभर हिउँको बीचमा कर्तव्यमा खटिनु पर्ने बाध्यता भिडियोमा देखाइदिएपछि भारतीय सत्ताको खिल्ली उडाइएको छ ।

‘हामी विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म ११ घण्टासम्म यो बरफको बीचमा ड्युटीमा निरन्तर खडा भइरहेका छौँ,’ उनले भनेका छन्,‘हाम्रो के अवस्था छ नत कुनै मिडियाले देखाउँछ न कोही अधिकारीले बोल्छ । कोही सरकारले हाम्रो हालतलाई बुझेको छैन । म तपाईंहरुलाई तीन वटा भिडियो सार्वजनिक गर्दैछु । यसलाई तपाईंहरुले पुरै देश, मिडियालाई देखाउनुहोस् । जसले हाम्रो हाकीमले हामीसँग कति अत्याचार र अन्याय गरिरहेको छ ।’

उनले आफूले कुनै सरकारलाई दोष दिन नचाहेको बताएका छन् ।

‘म कुनै सरकारलाई दोष दिन चाहान्न किनकी सरकारले हामीलाई सबैकुरा पठाएको छ तर उच्च अधिकारी साहेबले विक्री गरेर खाइरहेका छन् । यस्तो हालत छ की कयौँ पटक जवानहरु भोकले पेट दुखेर मरिरहेका छन् । एक पराठा मात्रै हामीले खान पाउँछौँ । त्यहाँ अचार वा सब्जी केही हुँदैन । यो कहाँ जान्छ कसरी विक्रि हुन्छ त्यसको जाँच हुन जरुरी छ ।’

उनले यो भिडियो सार्वजनिक गरेपछि आफ्नो सुरक्षामा खतरा आउँने समेत बताएका छन् ।

‘साथीहरु यो भिडियो सार्वजनिक भएपछि म रहुँला या नरहुँला । किनकी अधिकारीहरुको ठूलो हात हुन्छ,’ निकै भावुक मुद्रामा ती सिपाहीले भनेका छन्,‘उनले मलाई जे पनि गर्नसक्छन् । जो पनि हुनसक्छ ।’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अब शिक्षकलाई मासिक रुपमा तलबभत्ता, चौमासिक खारेज हुनेगरी यस्तो छ शिक्षा मन्त्रालयको तयारी !

Monday, 23 January 2017

काठमाडौं, १० माघ । शिक्षा मन्त्रालयले शिक्षकले पाउँदै आएको चौमासिक तलब भत्तालाई परिवर्तन गर्ने भएको छ । अब शिक्षकले मासिक ...

भृकुटीमण्डपमा हुँदैछ राप्रपाको महाधिबेशन, यस्तो छ तयारी

Monday, 23 January 2017

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशन भृकुटीमण्डपमा हुने भएको छ। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने भनिएको ...

यस्तो सामग्रीले विद्युत मिटर विगारिन्थ्यो, यसरी पक्राउ परे सुपरभाइजर सहित १२ कर्मचारी

Sunday, 22 January 2017

काठमाडौं, माघ १ । विद्युत चोरी कार्यमा समलग्न व्यक्तिहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित ...

अझै पाएनन पिडित ले पहिलो किस्ता , टहराकै वास के हेर्दैछ सरकार

Sunday, 22 January 2017

काभ्रे संवाददाता, काभ्रे ,माग ९ । भुकम्प गएको २२ महिना पुगिसक्दा पनि काभ्रे पिडितहरुले अझै अनुदान स्वरुप पहिलो किस्ता बापत ...

सुनकाण्डबारे महासेठको खुलासा, को को हुन त आरोपि..?

Saturday, 21 January 2017

काठमाण्डौ, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सुन पछिल्लो समय तस्करीमा गृह ...

लोडसेडिङ हटाउन टेलिकमको सहयोग, मोबाइलमा आउन थाल्यो यस्तो सन्देश

Friday, 20 January 2017

काठमाडौं, ७ माघ । नेपाल विद्युत प्राधिकरणले थालेको लोडसेडिङ मुक्त पार्ने अभियानमा नेपाल टेलिकमले पनि सहयोग गरेको छ । टेलिकमले ...

सञ्चारमन्त्रीले ‘आफ्नो मान्छेलाई रेडियो नेपालको ‘हाकिम’ नियुक्त गरेपछि माओवादी पत्रकारमा हल्लिखल्लि !

Thursday, 19 January 2017

काठमाडौं, ६ माघ । सञ्चार मन्त्री सुरेश कुमार कार्र्कीले रेडियो नेपालको कार्यकारी निर्देशकमा ‘आफ्नो मान्छे’ नियुक्त गरेपछि माओवादी केन्द्र निकट ...

प्रधानमन्त्री प्रचण्डको चरित्र हत्या गर्ने को–को ? के होला कारबाही ?

Wednesday, 18 January 2017

काठमाडौं,५ पुस । दुइ वर्षअघिको जेठ महिनामा एउटा घटना निकै चर्चामा थियो–‘बामदेव–राजु साह प्रकरण । तत्कालिन गृहमन्त्री वामदेव गौतमले राजधानीको ...

यमबुद्धको पोस्टमार्टम रिपोर्ट : ‘श्रीमतीसँगै वाइन पिएका थिए,बंगरा भाँचिएको भेटियो ’

Wednesday, 18 January 2017

लन्डन, ५ माघ । चर्चित गायक स्वर्गिय अनिल अधिकारी यमबुद्धको पोस्टमार्टम रिपोर्ट आएको छ । शनिबार लन्डनको नर्थहोल्टस्थित आफू बस्दै ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top