प्रचण्ड सरकारलाई ओलीको व्यङ्ग्य : ‘लोकमान जस्तै यो सरकार पनि नाङ्गियो’

दमक, २७ पुस । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे ।
बुधबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकारसम्मेलनमा सम्बोधन गर्दैअध्यक्ष ओलीले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच आफै नाङ्गिँदै गएको उनको जिकिर थियो ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत छ । निर्वाचन बिना संविधान कार्यान्वयन हुन सक्दैन मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको छ । ‘

उनले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याए । संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको विचार थियो । उहाँले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिनुभएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ उनको भनाइ थियो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

दशैँसम्म राजधानीमा मेलम्चीको पनि आउने,२ हजार ३ सय मिटर सुरुङ खन्न बाँकि

Sunday, 23 July 2017

काठमाडौं, ८ साउन । आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी ...

१३० जना प्रहरी सिपाहीलाई हवल्दारमा बढुवा ( यस्तो छ बढुवा हुनेहरुको सुची )

Sunday, 23 July 2017

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद तर्फ १३० जना सिपाहीलाई हवल्दारमा बढुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक ...

प्रहरीमा तल्लो दर्जाको पीडा कसले सुन्ने ? सइमाथि अन्याय भएपछि धमाधम राजिनामा !

Saturday, 22 July 2017

काठमाडौं । स्थायी घर रामेछाप बताउने नेपाल प्रहरीका सइ राम कुमार रायमाझीले (नाम परिवर्तन) २०४८ सालमा नेपाल प्रहरीको जागिरे यात्रा ...

चुडामणि शर्मासँग मिलेमतोमा राज्यलाई १ अर्ब ३० करोड ठगि गर्ने यी हुन् भिआइपी ‘ठग’

Friday, 21 July 2017

काठमाडौं । पटक–पटक विवादमा आइरहने उद्योगी राजेन्द्र खेतान फेरी अर्को ठगि काण्ठमा मुछिएका छन् । राज्यलाई अर्बौं रुपैयाँ घाटा पु¥याएर ...

पौडेलको मृत्यु प्रकरणः थप अनुसन्धानका लागि बाग्लुङ पठाइयो

Friday, 21 July 2017

पर्वत, ६ साउन । स्थानीय कुश्मा नगरपालिका– १ पाङ घर भई आइबल एकेडेमी बोर्डिङ स्कुलका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको ...

निर्वाचन आयोगद्वारा प्रदेश नं २ का स्थानीय तहको निर्वाचन कार्यक्रम सार्वजनिक,भाद्र २१ गते मनोनयन दर्ता

Thursday, 20 July 2017

काठमाडौं, ५ साउन । निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय ...

गुल्मीका एमाले वडाध्यक्षको कारनामा,स्थानीय दलितमाथि निर्घात कुटपिट

Thursday, 20 July 2017

गुल्मी, असार ५ । गुल्मीका नवनिर्वाचित वडाध्यक्ष टेकबहादुर पुनले एक दलित व्यक्तिमाथि निर्घात कुटपिट गरेको समाचार सार्बजनिक भएको छ । ...

गुम्बा विकास समितिलाई १० दिने अल्टिमेटम, कार्यकारी निर्देशकमाथि करोडौं रकम अनियमितताको आरोप !

Tuesday, 18 July 2017

काठमाडौं, ३ साउन । भूकम्प प्रभावित गुम्बा विहार पुनर्निर्माण संघर्ष समितिले सरकारसामु १० बुँदे माग अघि सारेको छ । मंगलबार ...

गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि थवाङकी बरमायाको हेलिकोप्टरबाट उद्दार

Tuesday, 18 July 2017

दियोपोस्ट संवाददाता रोल्पा । रोल्पाको थवाङ स्थित सामुदायीक अस्पतालमा उपचार नभएपछि थलिएकी बरमाया विकको उद्दार भएको छ । नेपाल पत्रकार ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top