sangrila bank

एक खर्ब ३० अर्ब ७४ को परियोजना सुरु

भक्तपुर, २८ पुस । कृषि विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन)सुरु भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आज यहाँ आयोजित कार्यक्रममा आलु जोन क्षेत्रको घोषणा गर्नुभएको हो । परियोजनाअन्तर्गत यस आवमा जिल्लाका लागि रु दुई करोड ९५ लाखको बजेट विनियोजन भएको कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढु्ङ्गानाले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना यसै आवदेखि सुरु भई आगामी २०८२ असारसम्म सञ्चालन हुनेछ ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले देशभर लागू भएको १० वर्षे परियोजनाका लागि कुल रु एक खर्ब ३० अर्ब ७४ करोड २० लाख खर्च हुने परियोजना प्रमुख अच्युत ढकालले जानकारी दिनुभयो । चालु आवमा देशभर रु पाँच अर्ब ७८ करोड ६२ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

“हालसम्म सामूहिक कृषि उत्पादन र बजारीकरण संस्थागत रुपमा नभएकाले आलु जोन कार्यक्रम लागू गरिएको हो,” ढकालले भन्नुभयो । सबै जिल्लामा स्वेच्छिक कृषियोग्य जमिनको एकीकरणमार्फत सामूहिक उत्पादन र बजारीकरणको अवधारणालाई अवलम्बन गरिएको उहाँको भनाइ छ ।

कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवम् मुलुकको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने परियोजनाको उद्देश्य रहेको मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक मीनप्रसाद बुढाथोकीले बताउनुभयो । परियोजना शुभारम्भ कार्यक्रममा सांसद प्रेम सुवालले समेत आफ्नो धारणा राख्नुभएको थियो ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मूल्य नपाएपछि अलैंँची बिक्री भएन

Thursday, 30 March 2017

गोरखा, १७ चैत । उचित मूल्य नपाएपछि जिल्लाका किसानले यस वर्ष अलैँची बिक्री गर्न सकेका छैनन् । गत वर्ष प्रतिकिलो ...

सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि सर्किट ब्रेक

Tuesday, 28 March 2017

काठमाडाँै, १५ चैत । सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ । बजार ...

आर्थिक वृद्धि छ दशमलब दुई प्रतिशत हुने एडिबीको प्रक्षेपण

Tuesday, 28 March 2017

काठमाडौँ, १५ चैत । एसियाली विकास बैंक (एडिबी)ले सन् २०१७ मा ५.२ देखि ६.२ प्रतिशतको बीचमा मुलुकको आर्थिक वृद्धि हुने ...

व्यवसायीलाई करको दायरामा ल्याइँदै

Monday, 27 March 2017

पोखरा, १४ चैत । कास्की आन्तरिक राजस्व कार्यालयले करमैत्री वातावरण निर्माण गरेर व्यवसायीलाई करको दायरामा ल्याउने भएको छ । करप्रति ...

वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन एक अर्बले न्यून

Monday, 27 March 2017

पर्सा, १४ चैत । वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । यहाँको नाका प्रयोग गरी नेपालका लागि हुने ...

एक अर्ब बढीको सेयर कारोबार

Sunday, 26 March 2017

काठमाडौँ, १३ चैत । सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज बजार ५३ दशमलव ४६ ...

बेरोजगार हुनुहुन्छ ? म्यादी प्रहरीमा एकै पटक ७५ हजार जागिर खुल्यो, तलब १७ हजार (विज्ञापनसहित)

Thursday, 23 March 2017

काठमाडौं, १० चैत्र । निर्वाचन आयोगले स्थानिय निर्वाचनको तयारी गरेसँगै गृहमन्त्रालयले म्यादी प्रहरीमा भर्ना खुलाएको छ । गृहमन्त्रालयद्वारा जारी विज्ञापन ...

कुमारी बैंकले नगद लाभांश वितरण गर्ने

Wednesday, 22 March 2017

काठमाडौँ, ९ चैत । कुमारी बैंकले एक दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको आज सम्पन्न ...

वस्तु विनिमय बजारसम्बन्धी विधेयक बहुमतले स्वीकृत

Tuesday, 21 March 2017

काठमाडौँ, ८ चैत । व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ...

vianet
model

लोकप्रिय

मनोरञ्जन

Top