sangrila bank

पूर्वकमैयाका परिवारको जीवन सुधारोन्मुख

धनगढी, २८ पुस । अर्काको घरमा कमैया बसेर विगतमा कष्टकर जीविका चलाएकी ठगनी चौधरी अहिले भने अरुलाई रोजगारी दिने हैसियत राख्नुहुन्छ ।

कमैया मुक्तिको घोषणा पछि भूमिसुधार कार्यालयले सञ्चालन गरेको सीपमूलक तालिमको व्यावहारिक उपयोग गरेकै कारण अहिले उहाँ अरुलाई रोजगारी दिने हैसियतमा पुग्नुभएको हो । “सुरुमा भूमिसुधार कार्यालयले दिएको सिलाइकटाइ तालिम सिके, केही वर्षपछि अरुलाई पनि यो तालिम दिने प्रशिक्षकमा नियुक्त भए,” उहाँले भन्नुभयो ।

अहिले आफ्नै व्यवसाय चलाएर मासिक रु २५÷३० हजार कमाइ गर्ने गरेको उहाँको भनाइ छ । उहाँले दिएको सिलाइकटाइसम्बन्धी तालिमबाट घरधन्दामा मात्रै सीमित हुँदै आएका पूर्वकमैयाका युवती र महिला यतिबेला नगद कमाउन थालका छन् ।

स्थानीय बजारमा सञ्चालनमा रहेको उहाँको ‘सुनिता टेलरिङ’ सिलाइकटाइ पसलमा अहिले पाँच महिलाले सिलाइसम्बन्धी रोजगारी पाएका छन् । पसलमा सिलाइको सीप र काम पाउँदा मासिक कम्तीमा रु १० हजारसम्म कमाइ हुने गरेको पुथ्वीपुर गाविसका बालकुमारी चौधरी बताउनुहुन्छ ।

मुक्तिपछिका दिनमा प्रशिक्षार्थी र त्यसपछि प्रशिक्षक भएर सीपमूलक तालिमको नेतृत्व लिएका उहाँले यस अवधिमा करिब २५० भन्दा बढी मुक्तकमैयाका महिलालाई सीप सिकाउनु भएको छ । आफूले सिकाएकामध्ये धेरैले सीपको व्यावहारिक रुपमा प्रयोग गरी सिलाइकटाइसम्बन्धी पसल थापेको देख्दा आफ्नो समाजमा इज्जत र सम्मान बढेको ठगनीले सुनाउनुभयो ।

दरख गाविसको एक जमिनदारको घरबाट मुक्त भएका पूर्वकमैया लक्ष्मी चौधरी धनगढीमा मोटरसाइकल मर्मत पसल चलाएर मनग्य आम्दानी गर्दैआउनुभएको छ । “मोटरसाइकल मर्मतसम्बन्धी व्यवसायको कमाइले आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ ।

आँट साहसकै कारण व्यावसायिक सफलता पाइरहेका ठगनी र लक्ष्मी मुक्तकमैया समुदायका लागि प्रतिनिधि पात्र हुन् । मुक्तकमैया परिवारका अधिकांश महिला र पुरुष तालिमपछि सीप र क्षमताको उपयोग गरी अहिले सहज रुपमा जीवनयापन गरिरहनुभएको छ । जिल्ला भूमिसुधार कार्यालयका अनुसार दुई दशकयता जिल्लाका चार हजार २७६ मुक्तकमैयालाई ३९ प्रकारका तालिम प्रदान गरिएको छ ।

मुक्तकमैयाले पूर्वाधार निर्माणको काममा नेतृत्व गर्दै आएका छन् ।” मुक्तिपछि कार्यालयले डकर्मी, सिकर्मी, सिलाइकटाइ, बैल्डिङ, ड्राइभिङ, रोडियो टिभी मर्मत, बाख्रा, बङ्गुरपालन, हेयर कटिङ, तरकारीखेती, ट्युबबेल जडानलगायत तालिम प्रदान गर्ने गरेको छ ।

पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयामुक्तिको घोषणा गरेको थियो । मुक्तिपछि सरकारले पुनःस्थापनका कार्यक्रम अघि बढाएकोमा कैलालीमा सबै पूर्वकमैयाको पुनःस्थापना हुन सकेको छैन ।

सहजरुपमा एैलानी पर्ति जग्गा उपलब्ध हुन नसक्दा समयमै सबैको पुनःस्थापना हुन नसकेको भूमिसुधार अधिकारी लक्ष्मण कठायत बताउनुहुन्छ । जिल्लामा अझै एक हजार ४०० परिवारको पुनःस्थापना हुन बाँकी रहेको छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

निर्वाचन आयोगमा ८० दलले मात्र बुझाए आयव्यय विवरण

Wednesday, 18 January 2017

काठमाडौँ ५ माघ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक ...

उपत्यकाबाट साना सवारीसाधनलाई विस्थापित गर्दै यातायात विभाग

Wednesday, 18 January 2017

काठमाडौँ, ५ माघ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ ...

२० वर्षीया महिलाको रहस्यमय मृत्यु

Wednesday, 18 January 2017

गौशाला, ५ माघ । महोत्तरीको भरतपुर गाविसमा गएराति एक महिलाको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर गाविस–६ बस्ने ...

निर्वाचन गर्नका लागि दलहरु तयार छन् : सञ्चारमन्त्री कार्की

Wednesday, 18 January 2017

दाङ, ५ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले निर्वाचन गर्नका लागि दलहरु तयार रहेको बताउएका छन्। रिपोर्टर्स क्लब, दाङ ...

किराना पसलमा आगलागी, नगद जिन्सीसहित ५ लाखको क्षति

Wednesday, 18 January 2017

राजविराज, ५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित एक पसलमा मङ्गलबार आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ ...

त्रिशूलीमा ट्याङ्कर खस्दा चालक बेपत्ता

Wednesday, 18 January 2017

चितवन, ५ माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ...

महान्यायधिवक्ताको सुझावपछि महाअभियोग प्रस्ताव निष्कर्षमा पुग्ने

Tuesday, 17 January 2017

काठमाडौँ, ४ माघ । व्यवस्थापिका–संसद्, महाभियोग सिफारिस समिति कानुनी क्षेत्रका उच्च सरकारी अधिकारीको थप धारणा बुझेर लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावबारे ...

ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न

Tuesday, 17 January 2017

काठमाडौं, ४ माघ । विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती– ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण ...

संशोधन प्रस्तावको प्रक्रियाले निर्वाचनलाई प्रभाव पार्देन् : सञ्चारमन्त्री

Tuesday, 17 January 2017

नेपालगन्ज, ४ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले व्यवस्था गरेको समयभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन हुने ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top