sangrila bank

आन्दोलन अझै सशक्त बनाउने नेताहरुको रोल्पाबाट उद्घोष

रोल्पा समाचारदाता
रोल्पा २०७३ पुस २७ । संविधान संशोधन प्रस्ताव सदनमा पेश भएपछि प्रमुख प्रतिपक्ष दल एमालेको नेतृत्वमा संशोधन प्रस्तावको विपक्षमा सदन र सडक आन्दोलन भइरहेको बेलामा नेताहरुले आन्दोलनलाई सशक्त बनाउने रोल्पाबाट उद्घोष गरेका हुन् ।
रोल्पामा आयोजित साक्ष्यत्पकारमा बोल्दै नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले तराई र पहाडलाई अलग गराउने कार्यले सिंगो देशमाथीको आक्रमण भएको बताउँदै यसलाई सदनबाट पारित हुन नदिनका जस्तो सुकै आन्दोलन समेत गर्न पछि नपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“ ५ नं. का नेताहरु कमजोर भएले गर्दा नै यहाँ आक्रमण भएको हो, कैलाली कञ्चनपुर, झापा मोरङ सुनछहरी किन फुटेन ती बलिया भए, हामी कमजोर भयौँ हामीमाथि प्रहार भयो” उहाँले ५ नं. प्रदेशको जलसम्पदा र पर्यटनलाई राम्रोसँग पहिचान गरी विकास गरेमा ५ नं. प्रदेश धनी बन्ने बताउनुभयो ।
यस्तै नेकपा एमालेका पोलिट व्यूरो सदस्य एवं लेखा समितिका अध्यक्ष प्राध्यापक डा. पुष्प कडेलले ५ नं. को विकासका लागि सबै राजनीतिक दलहरुले एक भएर लाग्नुपर्ने बताउनुभयो । यस्तै राजमो नेपालका राप्ती, लुम्बीनी इन्चार्ज बोमबहादुर खत्रीले ५ नं. प्रदेशलाई मुक्तिनाथ, लुम्बिनी, स्वर्गद्वारी जलजलालाई जोडेर विकास गर्नुपर्ने बताउनउभयो ।
नेकपा एमाले संसदीय दलका सचेतक गोकुल प्रसाद घर्तीमगरले संसोधनको प्रस्ताव सदनमा झुक्याएर वलपूर्वक टेवल गरेको भन्दै आगामी दिनमा कडा प्रतिबाद गर्ने बताउनुभो । यस्तै राप्रपा नेपालका केन्द्रीय सदस्य दलवीर पुनमगर र मालेका केन्द्रीय सदस्य माधव केसीले आन्दोलनलाई प्रभावकारी बनाउने निर्णयमा आफूहरु लाग्ने बताउनुभयो ।
नेताहरुले ५ नं. प्रदेश शान्त प्रदेशमाथि प्रहार गरेकामा त्यो सहन नसकिने बताउँदै अन्तिसम्म लडि रहने विचार व्यक्त गरेका छन् ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

प्रधानमन्त्री प्रचण्डको चरित्र हत्या गर्ने को–को ? के होला कारबाही ?

Wednesday, 18 January 2017

काठमाडौं,५ पुस । दुइ वर्षअघिको जेठ महिनामा एउटा घटना निकै चर्चामा थियो–‘बामदेव–राजु साह प्रकरण । तत्कालिन गृहमन्त्री वामदेव गौतमले राजधानीको ...

यमबुद्धको पोस्टमार्टम रिपोर्ट : ‘श्रीमतीसँगै वाइन पिएका थिए,बंगरा भाँचिएको भेटियो ’

Wednesday, 18 January 2017

लन्डन, ५ माघ । चर्चित गायक स्वर्गिय अनिल अधिकारी यमबुद्धको पोस्टमार्टम रिपोर्ट आएको छ । शनिबार लन्डनको नर्थहोल्टस्थित आफू बस्दै ...

गृहमन्त्रीकाे खुलासा,-‘मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मतदान गर्छ’

Tuesday, 17 January 2017

वीरगन्ज, ४ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका ...

साँच्चै मदिराले लठ्ठिएका हुन् प्रचण्ड ? (भिडियोमा हेर्नुहोस्)!’

Tuesday, 17 January 2017

काठमाडौं, ४ माघ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘मदिरा पिएको जस्तो देखिने’ तस्बिर भाइरल बनेको ...

यम बुद्धकी आमाले सजाएर राखेकी छोराका यी तस्बिर (१० फोटोमा हेर्नुहोस्)

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । आमा संसारको सबैभन्दा महान शब्द । यही शब्द वरीपरि संसारभर धेरै साहित्य र गीत संगीत बनाइएका ...

चैत्रमा चुनाव हुने संभावना टर्यो , अब छिट्टै सवै दलहरुको सहमतिमा मिति घोषणा हुन्छ ः मन्त्री पाण्डे

Monday, 16 January 2017

काठमाडौं, ३ माघ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले अब चैत्रमा स्थानीय तहको निर्वाचन नहुने बताएका छन् । ...

‘पुननिर्माणको कामलाई तिब्रता दिन प्राधिरणमा नयाँ सिइओ ल्याएका हौँ’

Sunday, 15 January 2017

काठमाडौँ, २ माघ । कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनःनिर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् । काठमाडौँ महानगरपालिकाले अाइतबार ...

‘न्यायधिश नियुक्ती संविधानसम्मत छ , निर्णय फिर्ता हुँदैन’ : कानुन मन्त्री

Saturday, 14 January 2017

काठमाडौं, १ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले उच्च अदालतमा गरिएको ८० जना न्यायधीशको नियुक्ती संविधानसम्मत् रहेको ...

धारिलो हतियार प्रयोग गरी हत्या

Saturday, 14 January 2017

गौशाला, १ माघ । महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top