किसान अर्ग्यानिक चियातर्फ आकर्षित

इलाम, २८ पुस । अग्र्यानिक चियाको उचित मूल्य पाउन थालेपछि किसानले रासायनिक मल–विषादी प्रयोग घटाउँदै गएका छन् ।

केही वर्षअघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसानले रासायनिक मल तथा विषादीयुक्त चियाको अन्तर्राष्ट्रिय बजार नभएको बुझेपछि अग्र्यानिक चिया उत्पादनमा अग्रसर भएका हुन् । केही वर्षयता पूर्ण अग्र्यानिक चिया उत्पादन गर्दै आउनुभएका माइपोखरीस्थित सन्दफु चिया कारखानाका शरद सुब्बा रासायनिक मल र विषादी प्रयोगले अन्तर्राष्ट्रिय बजार खस्किएपछि धेरै किसान अग्र्यानिक चिया उत्पादन गर्न थालेको बताउनुहुन्छ ।

चियाको दक्ष प्राविधिकका रुपमा समेत चिनिुभएका सुब्बा आफ्नो कारखानामा ३५ प्रकारको तयारी चिया उत्पादन गरी वार्षिक दुई हजार किलो बिक्री गर्ने गरेको बताउनुहुन्छ । अहिले अग्र्यानिक हरियो चियाको मूल्य प्रतिकिलो रु २५० पर्छ ।

साना चिया किसानको तर्फबाट राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पाउनुभएका साँखेजुङ–६ का मिलनकुमारी खत्री आफूले उत्पादन गरेको अग्र्यानिक चियाबाट सन्तुष्ट हुनुहुन्छ । विसं २०६५ मा लघु उद्योगका रूपमा आफैँ चिया प्रशोधन उद्योग स्थापना गरेका खत्री अहिले आफ्नो उद्योगमा धान्नै नसक्ने माग आएको बताउनुहुन्छ ।

खत्रीसँग व्यापारीले ३० टनदेखि ४० टनसम्म अग्र्यानिक चिया माग गरेका छन् । कारखानाको क्षमता र श्रम शक्तिको अभाव हुँदा माग धान्न नसकेको उहाँको भनाइ छ । उहाँले किसानबाट प्रतिकिलो रु ३२० सम्ममा हरियोपत्ती खरिद गरिरहनुभएको छ ।

विराटनगर, धरान, काठमाडौँलगायत ठाउँमा यहाँको चिया बिक्री हुन्छ । रुस, थाइल्यान्ड र ताइवानसम्म समेत चिर्या निर्यात हुने गरेको छ । अग्र्यानिक चिया बिक्री गर्न समस्या नभएको साँखेजुङकै हिमालयन साङ्ग्रिला चिया कारखानाका रामचन्द्र नेपाल बताउनुहुन्छ । पाँच सय किसानले चिया बिक्री गर्ने उक्त कारखानामा पूर्ण अग्र्यानिक चिया उत्पादन हुने गरेको नेपालको भनाइ छ ।

अग्र्यानिक चिया उत्पादन गर्दै आएको फिक्कल सुन्दरपानीस्थित गोर्खा टी स्टेटमा पनि अग्र्यानिक चियाको माग धान्न नसकिने छ । “विदेशी व्यापारीले माग गरेअनुसार चिया पु¥याउन सकिएको छैन,” कारखानाका सञ्चालक उदय चापागाईं भन्नुहुन्छ ।

केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राई नेपालको चिया नीति २०५७ संशोधन नभई समस्या समाधान नहुने बताउनुहुन्छ । नेपालबाट वार्षिक करिब ४० लाख किलो तयारी चिया विदेश निर्यात हुने गरेको छ । त्यसमध्ये ९० प्रतिशत तयारी चिया भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुन्छ ।

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

तेस्रो चरणको निर्वाचनको लागि राप्रपाको तयारी:सप्तरी,सिरहा र धनुषामा शिर्ष नेतासहित वृहत भेला गर्ने

Sunday, 23 July 2017

काठमाडौं, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा यही साउन १६, १७ र १८ गते क्रमशः ...

सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द,मोटरसाइकल प्रयोग गरेवापत शुल्क लाग्ने भनेपछि विवाद

Sunday, 23 July 2017

भक्तपुर, ८ साउन । पहिलो पटक आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले ...

माग पूरा नगरे संयुक्त राष्ट्रसंघमा धर्ना दिने राष्ट्रिय ख्रीष्टियन महासंघको चेतावनी

Sunday, 23 July 2017

साउन ८, काठमाण्डौ । राष्ट्रिय ख्रीष्टियन महासंघले सरकार समक्ष पाँच बुँदे माग राख्दै पूरा नभए संयुक्त राष्ट्रसंघमा गएर धर्ना दिने ...

काँग्रेस केन्द्रीय समिति बैठक जारी,पार्टीमा गुटबन्दीले चुनावमा पहिलो हुन नसकेको गुनासो

Sunday, 23 July 2017

काठमाडौं, ८ साउन । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समीक्षालगायत विषयमा छलफल ...

जनपद प्रहरीमा १ सय ३३ जना हवल्दारको असइमा बढुवा, को – को परे ? सुची सहित

Sunday, 23 July 2017

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरिक्षकको बढुवा सुची निकालेको छ । नेपाल प्रहरी जनपथ समुह तर्फ प्रहरी सहायक ...

चिनको एक होटलमा शक्तिशाली बम विस्फोट,२ को मृत्यु ५५ घाइते

Friday, 21 July 2017

बेइजिङ, ६ साउन । पूर्वी चीनमा अविस्थत सहर हाङ्जोउमा एक होटलमा शुक्रबार बिहान शक्तिशाली विस्फोट भएको छ । शुक्रबार बिहान ...

घरमा सुतिरहेका बेला हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु

Friday, 21 July 2017

उदयपुर, ६ साउन । हात्तीको आक्रमणबाट आज उदयपुर बेलका नगरपालिका– ३ का ५८ वर्षीय रामबहादुर मगरको मृत्यु भएको छ । ...

नक्कली नोटसहित एक व्यक्ति पक्राउ

Friday, 21 July 2017

राजविराज, ६ साउन । पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् । राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित ...

फेसबुकमा ठगिको डरलाग्दो सञ्जाल : सुजातालाई पौने ११ करोडको लोभ देखाएर आधा करोड ठगेपछि…

Thursday, 20 July 2017

काठमाडौं । बजारमा ठगिका विभिन्न ‘स्किम’हरु ब्यप्त छ । महानगरिय प्रहरी अपराध महासाखाले फेसबुकबाट ठगि गर्ने एउटा ठूलो सञ्जाललाई पक्राउ ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top