प्रधानमन्त्रीका सल्लाहकारको खुलासा : अबको १० दिनमा चुनावको मिति घोषणा

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले आगामी जेठको दोस्रो हप्ताभित्रै चुनाव गर्नेगरि सरकारले दश दिनभित्र चुनावको मिति घोषणा गर्ने खुलासा गरेका छन्।
बिहीबार राजधानिमा आयोजित साक्षात्कारमा बोल्दै प्रधानमन्त्रीका सल्लाहकार खनालले यस्तो बताएका हुन्। उनले भने,‘आजको दश दिनभित्र हामी चुनावको मिति घोषणा गर्छौं, त्यसपछि संशोधन विद्येयकलाई पारित गरेर अघि बढ्छौं, राजनीतिक जटिलता संसदमा टेबुल भएको विद्येयक पारित भएपछिमात्रै हल हुन्छ।’ उनले सकेसम्म जेठको पहिलो हप्ताभित्रै चुनाव गर्ने सरकारको तयारी रहेको स्पष्ट पारे। खनालले जेठसम्म स्थानीय तहको चुनाव भए मंसिरसम्म दुई वटा निकायको चुनाव एकचौटि गर्न सकिने समेत विश्वास दिलाए।
उनले भने,‘सरकार संशोधन विद्येयक पारित गराएर मात्रै चुनावी प्रक्रियामा जान्छौं, सरकार अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा छ, अब सबै चुनावमा केन्द्रित हुनुपर्छ।’ उनले स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन सरकारले बुझिसकेको उल्लेख गर्दै प्रतिवेदनलाई लिएर केही झिनामसिना मतभेद भएपनि त्यसलाई दलीय सहमतिमा टुँगो लगाएर नयाँ पूर्नसंरचनासहित चुनावमा जानुपर्नेमा जोड दिए।
खनालले संविधान कार्यान्वयन गर्ने सरकारको प्रमुख दायित्व रहेकोले त्यसको लागिपनि निर्धारित मितिभित्रै तीन वटै निकायको चुनाव गर्ने कुरामा सरकार लागिपरिरहेको बताए। उनले भने,‘आगामी ०७४ माघ ७ गतेभित्रै तीनवटै निकायको चुनाव गरेर मुलुकलाई अब आर्थिक समृद्धिको बाटोमा लैजानुपर्छ, सरकार अहिले त्यतातिर गम्भिर भएर लागिपरिरहेको छ ।’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

 एमालेकै समर्थनमा संशोधन प्रस्ताव आईतबार सर्वसम्मतीले पारित हुन्छ ः कानूनमन्त्री नायक

Friday, 28 April 2017

काठमाडौं, १५ बैशाख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक प्रमुख प्रतिपक्षी दल ...

तालमेल गर्दा महिला प्रतिनिधित्वलाइ वेवास्ता , ५० प्रतिशत सहभागिता पुर्याउन माग

Thursday, 27 April 2017

काठमाडौँ, १४ वैशाख । अन्तर पार्टी महिला सञ्जालले स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व पचास प्रतिशत पु¥याउन माग गरेको छ । ...

संशोधन प्रस्तावमा एमालेले समर्थन नगर्ने , प्रस्ताव राष्ट्रिय हितविपरित भएको ओलीको भनाइ

Wednesday, 26 April 2017

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन ...

एकीकृत नमुना बस्ती निर्माता धुर्मुस–सुन्तली अभिनन्दित

Tuesday, 25 April 2017

काठमाडौं, १२ वैशाख । भूकम्पपीडित तथा सहयोगी समाजले सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तलीलाई) आज अभिनन्दन गरेको छ । भूकम्पपछिको ...

पक्राउ परेका डीआइजि सिलवाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Monday, 24 April 2017

काठमाडौं , ११ वैशाख । नेपाल प्रहरीका डीआइजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेलगत्तै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ...

बादलको गर्जन : चुनाब भएरै छाड्छ, माओवादी केन्द्रको जित निश्चित छ

Monday, 24 April 2017

रीता बुढाथोकी काठमाडौै,११ वैशाख । नेकपा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य राम बहादुर थापा बादलले स्थानीय निकायको चुनाव कुनै पनि हालतमा ...

बर्दियामा माओवादी केन्द्रको उम्मेदवार घोषणा , यी हुन मेयर तथा उपमेयरका प्रत्यासी

Sunday, 23 April 2017

बर्दिया, १० वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि बर्दियाका छ नगरपालिका र दुईवटा गाउँपालिकाका लागि ...

चुनाव चिह्न नदिए निर्वाचन हुन दिँदैनौँ : डा. भट्टराई

Sunday, 23 April 2017

पालुङ्टार (गोरखा), ९ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीलाई आँखा चुनाव ...

भाइको हत्या आरोपमा दाजु भाउजु पक्राउ

Saturday, 22 April 2017

लहान, ९ वैशाख । आफ्नै भाइको हत्या आरोपमा प्रहरीले दाजु–भाउजुलाई सिरहाको मिर्चैयाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top