सरकारले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको छ : महासेठ

काठमाडौं, २८ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुविर महासेठले सरकारले संविधान संशोधन विद्येयकको नाममा चुनाव नगर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। महासेठले भने,‘सरकार कहाँ छ ? नेपालमा हो कि बाहिर छ ?, प्रचण्डजी सही अर्थमा हाम्रो प्रधानमन्त्री हो कि वा कसैबाट निर्देशित हो ?’
उनले मधेशी मोर्चालाईपनि विश्वासमा लिनुपर्ने कुरामा कुनै दुई मत नरहेको उल्लेख गर्दै भने,‘मोर्चालाई विश्वासमा लिनुपर्छ, तर मोर्चा आँफैमा एक रुपता वा अडानमा एक देखिँदैन्, दिनुहँ कुराहरु चेन्ज भैरहेका छन्, उहाँहरुपनि निर्देशित हुनुहुन्छ, यो अपवित्र गठबन्धनको सरकार हो।’
उनले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको जिकिर गर्दै भने,‘प्रधानमन्त्री चुनाव गराउने पक्षमा हुनुहुन्न, देउवाजीलाई हतार छ, तर प्रचण्डजी सत्ता लम्ब्याउने पक्षमा हुनुहुन्छ।’ नेता महासेठले सरकारले आगामी जेठमा चुनाव गराउँछु भनेर बोलेका कुराहरु बाहिर आएपनि त्यसमा आफूहरुलाई विश्वास नलागेको बताए। उनले सरकारले संसदमा दर्ता गराएको संशोधन विद्येयक नै अवैधानिक भएकोले त्यसलाई तत्काल फिर्ता गर्नुपर्ने माग गरे। यद्धपी उनले जतिसक्दो चाँडो चुनावको मिति घोषणा गर्नुपर्ने आफूहरुको माग रहेको बताए।
उनले निर्वाचनलाई संशोधन विद्येयकसँग जोड्न नहुने समेत जिकिर गरे। नेता महासेठले भने,‘संशोधन विद्येयक फिर्ता गरौं, निर्वाचनको मिति घोषणा गरौं, र सहमतिमा अघि बढौं, यही नै अहिलेको उत्तम विकल्प हो।’ उनले सरकार संविधानको धारा २७४ नै खारेज गरेर भएपनि अघि बढ्ने मनशायमा रहेको कुरा बाहिर आएकोप्रति चिन्ता व्यक्त गर्दै भने,‘यस्तो गलत काम नगरियोस्, अब प्रचण्डजीलाई मेरो प्रधानमन्त्री नै अब अन्तिम हो भनेर लागेको छ भने त केही कुरै भएन, होईन भने तपाई जनयुद्ध गरेर क्रान्ति गरेर आएको नेता हो।’
बिहीबार राजधानिमा आयोजित साक्षात्कारमा बोल्दै उनले संशोधन विद्येयक राष्ट्रको हितमा नभएकोले यसको विपक्षमा जनमत हुँदाहुँदैपनि वर्तमान सरकार जसरी हुन्छ प्रस्ताव पारित गर्ने खेलमा लागेको बताउँदै भने,‘सांसद किनेबेच गरेर विद्येयक पारित गर्न खोजेको हो भने त हाम्रो भन्नु केही छैन, तर एमाले अन्तिसम्म पनि लडाईको मैदानमा उभिन्छ, देश र जनताको पक्षमा उभिन्छ।’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मतदान गर्न सुदूरपश्चिम पुगे प्रमुख दलका प्रमुख नेताहरु

Wednesday, 28 June 2017

भीमदत्तनगर, १४ असार । दुई दशकपछि आज हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सुदूरपश्चिमभर शान्तिपूर्ण वातावरणमा भइरहेको छ । ...

बम विस्फोट गराउने दुईजना थुनामा

Wednesday, 28 June 2017

राजविराज, १४ असार । नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ । सो अभियोगमा पक्राउ परेका ...

मतदान गर्दा गर्दै ज्येष्ठ नागरिकको मृत्यु

Wednesday, 28 June 2017

बनियानी (झापा), १४ असार । दोस्र्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा आज बिहान एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको ...

उत्साहका साथ निर्वाचनमा होमिए पाल्पाली मतदाता

Wednesday, 28 June 2017

रामपुर (पाल्पा), १४ असार । झन्डै दुई दशकपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी हुने पाल्पाका मतदाता ...

कैलालीमा शान्तिपूर्ण रुपमा मतदान सुरु,६८९ प्रतिनिधि चार लाख मतदाताले निर्धारण गर्दै

Wednesday, 28 June 2017

धनगढी, १४ असार । कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । क्षेत्रीय ...

भोजपुरमा सक्षम जनप्रतिनिधि चुन्न पूर्वमन्त्रीदेखि सर्वसाधारण मतदानमा सहभागी हुँदै

Wednesday, 28 June 2017

भोजपुर, १४ असार । बीस वर्षपछि हुन लागेकोे स्थानीय तह निर्वाचनका लागि पूर्वमन्त्रीदेखि सर्वसाधारण आफना स्थानीय नेता चुन्न जिल्ला आएका ...

मोरङमा मतदान सुरु,१७ वटा स्थानीय तहमा ६६९ मतदान केन्द्र

Wednesday, 28 June 2017

विराटनगर, १४ असार । दोस्रो चरणको निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मोरङमा मतदान कार्य सुरु भएको छ । यस जिल्लाको ...

पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, तीनजना बेपत्ता

Wednesday, 28 June 2017

(गोकर्णप्रसाद भण्डारी) चरिकोट (दोलखा), १४ असार । भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडाको कुतकुतेमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ...

भूकम्पमा फरार कैदी अझै सम्पर्कबाहिर,फरार १११ मध्ये ११ चिनियाँ नागरिक

Wednesday, 28 June 2017

चौतारा, १४ असार । २०७२ साल वैशाख १२ मा भूकम्प आएपछि सिन्धुपाल्चोक कारागारबाट भागेका २१६ कैदीमध्ये १११ जना अझै सम्पर्कबाहिर ...

veanet

लोकप्रिय

मनोरञ्जन

Top