sangrila bank

संसोधन विधेयक पारित भएमात्रै सबै दल चुनावमा भाग लिने वातावरण बन्छ ः विश्वकर्मा

काठमाडौं, २८ पुस । सत्तारुढ दल नेपाली काँग्रेसका नेता तथा सांसद मिन विश्वकर्माले माघको पहिलो हप्ताभित्र निर्वाचनको मिति घोषणा गर्ने बताए। बिहीबार राजधानिमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति घोषणा गरियो भने निर्वाचन आयोगलेपनि जेठमा चुनाव गराउने कुरामा सहयोग गर्छ।’ उनले संविधान संशोधन भएपछि मात्रै सबै दल चुनावमा जाने वातावरण बन्ने विश्वास व्यक्त गरे। उनले चुनावमा सबै दलहरुलाई भाग लिने वातावरण बनाउनको लागि आफ्नो दलले पहल गरिरहेको उल्लेख गर्दै भने,‘अब यो दल वा त्यो दलले विरोध गर्ने भन्दापनि सबै दलहरु चुनावमा भाग लिनुपर्छ, त्यसको लागि काँग्रेसले पहल गरिरहेको छ, संशोधन विद्येयक पारित भएपछि सबै दलले चुनावमा भाग लिन्छन्।’
उनले जेठमा स्थानीय तहको निर्वाचन सम्पन्न भए कार्तिकदेखि मंसिरसम्म दुईवटा निर्वाचन गर्न सकिने विश्वास व्यक्त गरे। उनले भने,‘एमाले अहिले ठीक बाटोमा आएको छ, संविधान संशोधन विद्येयक पारित गर्नुपर्छ, विद्येयक पारित हुन्छ, शंका नगर्न म सबैलाई आग्रह गर्छु।’
उनले मधेशी मोर्चापनि संसदीय प्रक्रियामा आएकोले अब मोर्चालाईपनि सहमतिमै लिएर चुनावमा जानुपर्ने सुझाए।उनले भने,‘संशोधन विद्येयकलाईपनि निर्वाचनसँगसँगै अघि बढाउनुपर्छ।’

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

सिँचाई मन्त्री दीपक गिरिलाई ‘विश्वासघाती’ भन्दै पूर्व सिँचाई मन्त्रीले लगाए ३ गम्भिर आरोप

Monday, 23 January 2017

काठमाडौ माघ १० गते । सिंचाई मन्त्री दिपक गिरीले समृद्ध तराई मधेश सिँचाई विकास विशेष कार्यक्रमलाई ओझेलमा पारेको भन्दै पूर्व ...

सप्तरी र झापामा आगलागी, एपीएफ टोलीद्वारा नियन्त्रण

Sunday, 22 January 2017

काठामाडौं,९ माघ । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका ४ तुलसी चोकमा माघ ९ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा ...

सार्क र बिमस्टेक बैठक यही माघमा राजधानीमा हुँदै

Sunday, 22 January 2017

काठमाडौँ, ९ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ...

संविधानलाई निस्तेज बनाउने षड्यन्त्र भइरहेको छ : महासचिव पोखरेल

Sunday, 22 January 2017

काठमाडौँ, ८ माघ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले जनताको लामो सङ्घर्षपछि जारी गरिएको संविधानलाई अहिले निस्तेज बनाउने षड्यन्त्र ...

अवैधरुपमा खाडीमुलुक जाने महिलाको सङ्ख्या बढ्दो

Sunday, 22 January 2017

नेपालगन्ज, ९ माघ । बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको ...

श्रम मन्त्रालय समस्याग्रस्त थियो , म आउने वित्तिकै सुधारको कामहरु भैरहेका छन् : श्रम मन्त्री

Saturday, 21 January 2017

काठमाडौं, ७ माघ। श्रम तथा रोजगारमन्त्री सुर्यमान गुुरुङ्ले श्रम तथा वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउने काम भैरहेको बताएका छन्। शनिवार ...

स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठन तयार

Saturday, 21 January 2017

काठमाडौँ, ८ माघ । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको ...

खानेपानीको महसुल नतिर्नेलाई मेलम्चीको पानी वितरण नगरिने

Saturday, 21 January 2017

काठमाडौं, ८ माघ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ । लिमिटेडको दुई ...

सहमति विना कुनै चुनाव हुन्न भन्ने हामीलाई विश्वास छ : राज्यमन्त्री खड्का

Saturday, 21 January 2017

काठमाडौं, ८ माघ ।नेपाली काँग्रेसका नेता तथा खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सरकारले हचुवाको भरमा चुनावको मिति घोषणा नगर्ने ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top